
पोखरा, ६ कार्तिक ।
सान २०१९ मा इङल्याण्ड र वेल्समा २०१९ मे ३० देखि जुलाई १४ सम्म आयोजना हुने आइसिसी क्रिकेटको विश्वकप ट्रफी पोखरा ल्याइने भएकोछ । पोखरा प्रिमिएर लिग (पिपिएल) टि–२० क्रिकेटको माहोल चलिरहेको बेला विश्व क्रिकेटको छाता संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पोखरामा विशेष तयारीका साथ ल्याइने सम्भावना बढेको हो ।
अइसिसी विश्वकप ट्रफी पहिलो पटक नेपाल ल्याउने तयारी भइरहैकै समयमा आइसिसी मान्यता प्राप्त पोखरा प्रिमियर लिग प्रतियोगितालाई समेत मध्येनजर गर्दै ट्रफी पोखरा ल्याउन लागिएको बताइएको छ । पिपिएलको आयोजक संस्था क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाले विश्वकप ट्रफी ल्याउन प्रयास भइरहेको पोखरा स्र्पोट्सलाई बताए । उनले भने–“हामी प्रयासरत छौं तर टुँगो भने लागिसकेको छैन तर सम्भावना देखेका छौं ।”
ट्रफी करिब ९ महिना लामो भ्रमण पुरा गरि बंगालादेश हुँदै एक साता भित्र नेपाल ल्याइन लागेको हो । ट्रफीलाई काठमाण्डौमा सर्वसाधारणहरुका लागि ऐतिहासिक बसन्तपुर दरबार स्क्वाएरमा राखिनेछ भने सगरमाथाको आधारशिविरमा समेत पु¥याइने बताइएको छ ।