“पोखरा पल्टन जोश र जाँगरले भरिएको टिम हो”– सुदिप शर्मा, प्रवन्ध निर्देशक पोखरा पल्टन

पोखरा, ६ कार्तिक ।
यहि कार्तिक ९ देखि २० गते सम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु हुने नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको दिन नजिकिंदै जाँदा पोखरा बाट खेल्ने पोखरा पल्टन टिम पनि उत्तिकै जोशका साथ मैदानमा उत्रिने विश्वास लिइएको छ ।

पोखरा स्र्पोट्स संग कुरा गर्दै पोखरा पल्नटन टिमका प्रवन्ध निर्देशक सुदिप शर्माले पोखरा पल्टन टिम जोश र जाँगरले भरिएको टिम भएको बताए । “जसरी पोखरा जोशिला लाहुरे अर्थात पल्टनियाहरुको शहरको रुपमा चिनिन्छ त्यसरिनै पोखरा पल्टन पनि त्यस्तै जोश र जाँगरले भरिएको टिम हो” उनले भने–“हाम्रो टिमले मैदानमा शत प्रतिशत आफ्नो योगदान दिनेछ र दर्शकको मन जित्ने छौं ।”

पोखरा पल्टन अन्य टिमको दाँजोमा सन्तुलित टिम भएको बताउँदै प्रबन्ध निर्देशक शर्माले कप्तान शरद भेषवाकर जस्तै राष्ट्रिय टिमका अन्य अनुभवी यूवा खेलाडी भरिएको टिम भएको बताए । उनले पोखरा पल्टनका अधिकांश खेलाडीहरुको घरेलु प्रतियोगिताहरुमा उत्तिकै अनुभव संगालेका हुनाले पनि पोखरा पल्टन च्याम्पियन बन्न सक्नेमा कुनै द्विविधा समेत नरहेको दावी गरे । उनले अब टिममा केही विदेशी खेलाडी र स्थानिय दुइ जना खेलाडीलाई आवद्ध गराइने बताउँदै टिमको लक्ष्यनै च्याम्पियन हुने बताए ।

पोखरामा हुने खेल भएकोले पनि पोखराको टिमको विशेष महत्व बोकेको हुनाले आफूहरुले पोखरा पल्टन टिमलाई रोजेको बताउँदै प्रबन्ध निर्देशक शर्माले पोखरा क्रिकेट खेल मात्रै नभएर पोखराले अथाह खेल पर्यटनको सम्भावना बोकेको र यसको प्रवद्र्धनका लागि पनि पोखरा पल्टनले उत्तिकै भूमिका खेल्न सक्ने बताए । उनले यस क्षेत्रमा क्रिकेटको क्रेजको पनि उत्तिकै रहेकोले पिपिएल प्रतियोगिता यसका लागि महत्वपूर्ण खेलका रुपमा स्थापित हुने बताए । उनले पिपिएल हेर्न कति दर्शक आउन सक्छन भन्ने प्रश्नमा उनले भने–“पोखरा फुटबलको शहर भनेर चिनिए पनि क्रिकेटका लागि भने यो पक्कै पनि सरप्राइज प्याकेज हुनेछ र धेरै भन्दा धेरै दर्शक मैदान आउनेछन ।” पोखरा बाट मात्रै नभएर स्याङजा, बागलुङ, पर्वत, म्याग्दी र तनहुँ जस्ता जिल्लाहरु बाट दर्शक भरपुर आउने विश्वास लिएको बताए ।

(प्रवन्ध निर्देशक शर्मा राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी हुन भने पाँच वर्ष देखि काठमाडौमा ग्रेट हिमालय क्रिकेट एकेडेमी संचालन गरिरहेका छन)
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close