पोखरा प्रिमियर लिग प्रतियोगिताको निर्देशकका रुपमा पटवालको नियुक्ती

पोखरा, ५ कार्तिक ।
पोखरामा आगामी कात्तिक ९ देखि २० गते सम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि उमेश पटवाललाई प्रतियोगिताको निर्देशकका रुपमा नियुक्त गरेको छ ।

प्रतियोगिताको आयोजक संस्था क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीले पटवाललाई प्रतियोगिताको निर्देशकका रुपमा नियुक्त गरेको जानकारी गराएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमको लागि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेको अनुभव बटुलेका पटवाल अफगानिस्तान टोलिको पनि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ । पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउन तथा पोखरालाई खेलकुद पर्यटन शहरका रुपमा विकास गर्न पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close