पोखरा पल्टन इतिहास रच्ने दाउमा, “च्याम्पियन हामी नै हुनेछौ” प्रशिक्षक दास

पोखरा, ५ कार्तिक ।
पोखरा प्रिमियर लिग सुरु हुन चार दिन बाँकी रहँदा पोखरा बाट खेल्ने पोखरा पल्टन प्रशिक्षणका लागि मैदानमा पसिना बगाइरहेको छ । पोखरा पल्टनका मार्की प्लेयर शरद भेषवाकर देखि लिएर सहायक प्रशिक्षक रिजन प्रजु र पोखराको टिम दैनिक ६ घन्टा लामो अभ्यासमा आज देखि पोखरा क्रिकेट मैदानमा प्रशिक्षणमा व्यस्त छ । पोखरा पल्टन शरद भेषवाकरको कप्तानी र बिनोद दासको प्रशिक्षणमा मैदानमा उत्रिने छ ।

पोखरामा पहिलो पटक हुन लागेको सर्वाधिक पुरुस्कारको राशीको पोखरा प्रिमियर लिगको च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको पोखरा पल्टनको तयारीले पक्कै पनि पोखरेली खेल प्रेमी मन जित्ने प्रशिक्षक बिनोद दासले बताएका छन । उद्धघाटन खेलमानै सन्दिप लामिछाने रहेको बिराटनगर टाइटाइन्सको सामना गर्ने पोखरा पल्टनले यसका लागि राम्रै तयारी गरेको प्रशिक्षक दासले बताए । “हामीले फाइनलमा पुग्न कठिन मेहनत गर्नु पर्छ भन्ने कुरालाई राम्रै संग बुझेको छौं” उनले भने “आयोजक ठाउँको टिम भएकाले पनि उत्तिकै दबाव रहेको छ आशा छ दर्शकले हामीलाई पुरा साथ दिनेछन किनभने आधा खेल दर्शकको हातमा हुन्छ ।”

प्रशिक्षक बिनोद दासले पोखरा पल्टन टिममा अझै बढी निखारता ल्याउन दुई जना बिदेशी खेलाडी भित्रयाउने तयारी रहेको जनाकारी दिए । उनले ति खेलाडी भारत भन्दा बाहिरको रहेको र पोखरा पल्टन टिम टि–ट्वान्टी फर्मेटका लागि पर्फेक्ट टिम रहेको बताउँदै जित्ने दावी समेत गरे । “हाम्रो टिम अन्यको दाँजोमा हेर्नेहो भने निकै राम्रो छ र राष्ट्रिय टिमका नाम चलेका खेलाडी पनि समाहित छन त्यस कारण पनि हामी जित्नेमा ढुक्क छौं” उनले भने ।

उद्धघाटन खेलमानै सन्दिप लामिछाने रहेको बिराटनगर टाइटाइन्सको सामना गर्ने पोखरा पल्टनले यसका लागि राम्रै तयारी गरेको प्रशिक्षक दासले बताए । “हामीले फाइनलमा पुग्न कठिन मेहनत गर्नु पर्छ भन्ने कुरालाई राम्रै संग बुझेको छौं” उनले भने “आयोजक ठाउँको टिम भएकाले पनि उत्तिकै दबाव त छ आशा छ दर्शकले हामीलाई पुरा साथ दिनेछन किनभने आधा खेल दर्शकको हातमा हुन्छ ।”

पोखरा पल्टन टिम स्क्वाड
शरद भेषवाकार (टिम क्यापटेन) ,बिनोद भण्डारी, राशिद खान, दिब्याशुं मलिक, आशिफ शेख, मेहबुब आलम, ललित राजबंशी, रोहित पौडेल, कुशल भुर्तेल,निशान पाण्डे, कृष्ण कार्की, बिक्रम भुषाल, बिनोद दास (प्रशिक्षक),रिजन प्रजु (सहाएक प्रशिक्षक), ऋषी सुबेदी (टिम म्यानेजर)

तस्बिर : सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close