जनकल्याण वडास्तरिय पुरुष भलिबलको उपाधि ठकुरी समाज फिरफिरेलाई

पोखरा, ३० असोज ।
जनकल्याण युवा क्लव पोखरा ३२ ले विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरेको साविक लेखनाथ नगर वडास्तरिय छैटौं पुरुष भलिवल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे बाबियो डाँडा तनहुले जितेको छ ।

समाजले उपाधि सहित ५१ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा भानुमति युवा क्लव चैनपुर तनहुँले ३१ हजार नगद सहित, मेडल तथा ट्रफी जित्दै उपविजेता बनेको छ । घटस्थापना देखी २७ गतेसम्म संचालन भएको प्रतियोगितामा एक दर्जन समूहले भाग लिएका थिए ।

प्रतियोगितामा बिजयी टिमलाई पोखरा महानगरपालिका वडा नंं २९ का वडाध्यक्ष चेत बहादुर गुरुङ्ग र वडा नं. ३२ का वडाध्यक्ष अक्कल वहादुर कार्कीले पुरस्कार वितरण गर्दै, स्वस्थ जिवनका लागि खेलकुद आवश्यक रहेको बताएका थिए ।

सोही कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ निवासी जेष्ठ नागरिक इन्द्र प्रसाद पौडेल सहित क्लवलाई स्वदेश तथा विदेशमा रहेर सहयोग गर्ने विभिन्न व्यक्तित्व र तिनका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा लोक दोहोरी गायिका सुनिता नेपालीले गायन प्रस्तुत गरेकी थिईन ।

क्लवका अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा ३२ नम्बर वडाका सदस्य धर्म वहादुर बस्नेत, नौलो तारा क्लवका अध्यक्ष कुमार थापा, पूर्व अध्यक्ष शिवराज अधिकारी, कमल थापा, जनताको चौतारा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिल वहादुर थापा मगर लगायतले बोलेका थिए भने कार्यक्रमको सचालन क्लवका सचिव शंकर मर्सानीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close