
पोखरा, २९ असोज ।
पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि आयोजक क्विनस इभेन्ट्स प्रालीले खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका अनुसार कात्र्तिक ९ गते उद्घाटन खेलमा पोखरा पल्टन र बिराटनगर टाइटान भिड्ने भएका छन । यि दुबै टिम मध्ये पोखराको टिममा मार्की खेलाडीमा शरद भेषावकर र विराटनगरमा सन्दीप लामिछाने रहेका छन ।
कार्तिक ९ देखि २० गते सम्म पोखरा रंगशालामा आयोजना हुने पिपिएलमा कार्तिक १० गते हुने खेलमा चितवन राइनोज र बुटवल व्लाष्टर र दोश्रो खेल हुलास काठमाण्डौ रोयल र एक्सपर्ट धनगढीका बिच हुनेछ भने कार्तिक ११ गते बिराटनगर टाइटानले एक्सपर्ट धनगढीको र चितवन राइनोजले पोखरा पल्टनको सामना गर्नेछ ।
त्यसै गरि कार्तिक १२ गते बिराटनगर टाइटानले हुलास काठमाण्डौ रोयल संग र पोखरा पल्टनले चितवन राइनोज संग प्रतिष्पर्धा गर्ने छन । लगातारको ४ दिनको खेल पछि १३ गते आरामका लागि तोकिएको हुनाले कुनै खेल नहुने आयोजकले सार्वजनिक गरेको तालिकामा रहेको छ ।
त्यसै गरि दोश्रो राउण्ड अन्र्तगत कार्तिक १४ गते चितवन राइनोजले एक्सपर्ट धनगढी संग र बिराटनगर टाइटानले बुटवल व्लाष्टरको सामना गर्नेछ । कार्तिक १५ गते हुलास काठमाण्डौ रोयल र चितवन राइनोज र दोश्रो खेल एक्सपर्ट धनगढी र बुटवल व्लाष्टरका बिच हुनेछ ।
यसै गरि कार्तिक १६ गते पोखरा पल्टन र एक्सपर्ट धनगढी र दोश्रो खेल बुटवल व्लाष्टर र हुलास काठमाण्डौका बिच हुनेछ भने कार्तिक १७ गते हुलास काठमाण्डौ र पोखरा पल्टन तथा बिराटनगर टाइटान र चितवन राइनोजका बिच हुनेछ । आयोजकले कार्तिक १८ गते एलिमिनेटर खेल (दोश्रो विरुद्ध तोश्रो) हुनेछ भने कार्तिक १९ गते ‘रेष्ट डे’ हुनेछ । यसै गरि फाइनल खेल कार्तिक २० हुने खेल तालिकामा सार्वजनिक गरिएको छ ।
कार्तिक ९ – ११:०० बजे – विराटनगर टाइटन्स विरुद्ध पोखरा पल्टन (उद्घाटन खेल)
कार्तिक १० – ९:०० बजे – चितवन राईनोज विरुद्ध बुटवल ब्लास्टर्स
१:१५ बजे – कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज
कार्तिक ११ – ९:०० बजे – विराटनगर टाइटन्स विरुद्ध धनगढी ब्लुज
१:१५ बजे – बुटवल ब्लास्टर्स विरुद्ध पोखरा पल्टन
कार्तिक १२ – ९:०० बजे – विराटनगर टाइटन्स विरुद्ध काठमाडौं रोयल्स
१:१५ बजे – चितवन राईनोज विरुद्ध पोखरा पल्टन
कार्तिक १३ –
कार्तिक १४ – ९:०० बजे – चितवन राईनोज विरुद्ध धनगढी ब्लुज
१:१५ बजे विराटनगर टाइटन्स विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १५ – ९:०० बजे – चितवन राईनोज विरुद्ध कोठमाडौं रोयल्स
१:१५ बजे – धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १६ – ९:०० बजे – पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज
१:१५ बजे – बुटवल ब्लास्टर्स विरुद्ध कोठमाडौं रोयल्स
कार्तिक १७ – ९:०० बजे – कोठमाडौं रोयल्स विरुद्ध पोखरा पल्टन
१:१५ बजे – विराटनगर टाइटन्स विरुद्ध चितवन राईनोज
कार्तिक १८ – ९:०० बजे – क्वालीफायर / एलिमिनेटर (दोस्रो विरुद्ध तेस्रो)
कार्तिक १९ –
कार्तिक २० – फाइनल (पहिलो विरुद्ध क्वालिफायर विजेता)
तस्विरः सुदर्शन रन्जित