पोखरा प्रिमियर लिगका लागि मेडिकल पार्टनरका रुपमा ग्राण्डी अस्पताल संग सम्झौता

पोखरा, २९ असोज ।
नेपाली क्रिकेट विकासमा योगदान दिने मुख्य उद्धेश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्ने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पतालसँग सम्झौता गरेको छ ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार ग्रान्डीले पोखरा प्रिमियर लिगका लागि आवश्यक पर्ने चिकित्सक र फिजियोथेरापिष्ट उपलब्ध गराउने छ । यस्तै अस्पतालले पिपिएलका खेल संचालन हुने मैदानमा चाहिने स्वास्थ्यकर्मी देखि र सम्पूर्ण मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ ।

सम्झौता पछि अस्पतालका मेडिकल डाईरेक्टर डा. पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइेत भएका खेलाडीको उपचार गर्दै आएको बताउँदै पिपिएलसँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए । क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक लामा क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पिपिएललाई सफल बनाउन गरेको सहकार्य गरेकोमा धन्यवाद दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी इन्टरनेसनल अस्पतालमा लामो समयदेखी राष्ट्रिय टिमका खेलाडिहरु पृथु बास्कोटा, अमृत भट्टराइ, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरुको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको उदाहरण प्रस्तुत गर्दै अस्पतालले खेलाडीहरुलाई सधैं प्राथमिकतामा राखेर उपचार गरेकोमा आभार व्यक्त गरे । उनले यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close