
पोखरा, २९ असोज ।
नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि नबिल बैकले बैकिङ पार्टनरको रुपमा सम्झौता गरेको छ ।
सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकार्य अधिकृत (सिइओ) अनिल केशरी शाहले हस्ताक्षर गरेका ह्न । सम्झौतापछि सिइओ शाहले भने–“पोखरा प्रिमियर लिगको बैैकिङ पार्टनर हुन पाएकोमा हर्षित छौं ।” उनले पिपिएलमा सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वस्त रहेको समेत बताए ।
सिइओ शाहले नेपाली युवाका लागि क्रिकेट खेल मात्र नभाइ सबैलाई एकजुट बनाउने माध्यमको बनिरहेको बताउँदै सम्झौतमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पूर्व मिस नेपाल तथा नबिल बैंकको ‘भिसा गर्ल’ श्रृष्टी श्रेष्ठ उपस्थित भएकोमा धेरै खुसी लागेको बताए ।
६ टिमको सहभागितामा हुने पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको समेत बताउँदै क्विन्स इभेन्ट्सका प्रवन्ध निर्देशक लामाले पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने धारणा राखे ।
सम्झौता कार्यक्रममा कप्तान पारसले पिपिएलले पोखरालाई क्रिकेट हबको रुपमा विकास गर्न आधार तयार गर्ने बताए । उनले भने– “पिपिएल नेपाली क्रिकेटका लागि नयाँ सुरुवात हो, पिपिएलले पोखरा सहरलाई उचाइमा पु¥याउनुका साथै पोखारलाई क्रिकेट हब बनाउने पनि सहयोग पुग्ने छ ।”