
पोखरा, २९ असोज ।
दक्षिण कोरियाको गुचाङमा अक्टोबर १७ देखि २१ सम्म आयोजना हुने प्रि–प्याराग्लाइडिङ वर्ल्ड कपमा सहभागिता जनाउन नेपाली टिम कोरिया तर्फ प्रस्थान गरेको छ ।
कोरिया जाने टिममा विशाल थापा टिम क्यापटेन, यूकेश गुरुङ, शुसिल गुरुङ, बिजय गौतम र कृष्ण बहादुर सुनार रहेका छन भने मुख्य प्रशिक्षकमा योगेश भट्टराई र टिम म्यानेजरमा कृष्ण भण्डारी रहेका छन । सहभागी खेलाडीको आते–जाते खर्च राष्ट्रिय खेलकुद परिषदले व्योहर्ने छ ।
यसै गरि सोही प्रतियोगितामा सञ्जय थापा, अनिश भट्टराई निशिन थापा र आशिष थापा समेत व्यक्तिगत खर्चमा प्रतियोगिता सहभागिता जनाउने भएको प्रशिक्षक भट्टराईले बताए ।
नेपाली टिमले व्यक्तिगत र टिम इभेन्टको क्रस कन्ट्रि तर्फको इभेन्टमा प्रतिष्पर्धा गर्ने प्रशिक्षक भट्टराइले बताए ।
कोरियाको प्रतियोगितामा निकै उत्साही ढङले नेपाली टिमले सहभागित जनाइरहेको प्रशिक्षक भट्टराईले बताए । “हामीले एक महिना अघिको एशियन खेलमा जस्तै मेडल ल्याउन भरमग्दुर प्रयास गर्नेछौं तर यो प्रतियोगिता अलिक फरक परिबेशमा भएकोले उत्तिकै चुनौती छ ।”
कोरिया प्रस्थान गरेको टिमलाई नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउत लगाएतले बिदाई गरेका थिए । टिम मंगलबार बाठमाडौ बाट सिओल तर्फ प्रस्थान गर्नेछ ।