शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न

पोखरा,२९ असोज  ।
विष्णुपादुका युवा क्लब हेम्जाको आयोजनामा आईतबार हेम्जाको बिष्णुपादुका खेल मैदानमा भएको मैत्रीपूर्ण नाईन ए साईड फुटबल खेलमा विष्णुपादुका विजयी भएको छ ।

मैत्रीपूर्ण खेलमा विष्णुपादुका युवा क्लबको टिमले मिडियाको टिमलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा खेल २–२ गोल भएपछी खेल टाईब्रेकरमा धेकेलिएको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफमा मिडियको तर्फबाट पुर्ण न्यौपानेले दुई गोल गरेका थिए भने बिष्णुपादुकाको तर्फबाट पनि गोबिन्द पौडेलले दुई गोल नै गरेका थिए ।

निर्धारित समयमा दुबै तर्फबाट २–२ गोल भएपछी भएको टाईब्रेकरमा विष्णुपादुकाको तर्फबाट रमेश कार्की, रामकुमार श्रेष्ठ र शुशिल श्रेष्ठले गोल गरेका थिए भने मिडियाको तर्फबाट पुर्ण न्यौपाने र मन क्षेत्रीले मात्र गोल गरे पछी खेल टाईब्रकरमा बिष्णुपादुकाले ३–२ गोलले जितेको हो ।

मैत्रीपूर्ण खेलमा विष्णुपादुकाको तर्फबाट क्लबका अध्यक्ष तथा एन्फा कास्कीका महासचिव रमेश कार्की, जगत थापा, रामकुमार श्रेष्ठ, शुशिल श्रेष्ठ, सुविन श्रेष्ठ, शंकर थापा लगाएतले खेलेका थिए भने मिडियाको तर्फबाट जिल्ला खेलकुद विकाश समितिका कोषाध्यक्ष तथा पत्रकार दिपक गोदार, सुरज श्रेष्ठ, मन क्षेत्री, पुर्ण न्यौपाने, उमेश पुन, सुमन गुरुङ, सुरेश सुनार, भिम थापा, विजय नेपाली, बिजन अधिकारी, सुमिन सुनार लगायतले खेलेका थिए ।

खेल हुनु भन्दा अगाडी भएको शुभकामना आदान प्रदान कार्यक्रममा एन्फा कास्कीको अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मिलन गुरुङले यस्ता खेलले पत्रकार र खेलाडी साथै खेल संग आबद्ध पदाधिकारीहरु विच आत्मियता बढ्ने बताउदै यस्ता मैत्रीपूर्ण खेल समय समयमा हुनुपर्ने भन्दै विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्बतको शुभकामना दिए ।
शुभकामना कार्यक्रममा क्लबका भू.पू अध्यक्ष महेन्द्र सिंह, कोषाध्यक्ष गोविन्द पौडेल, पत्रकार सुरज श्रेष्ठ, जगत थापा लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष रमेश कार्कीले बिष्णुपादुका क्लबले बिशेष गरी फुटबलको बिकाशमा लागी परेको बताउदै फुटबलसंगै सामाजिक उत्तरदायित्वको कामहरु पनि गर्दै आएको बताए । क्लबले एकेडेमी नै सञ्चालन गरी अहिले १ सय ३१ जनालाई नियमित प्रशिक्षण दिदै आएको बताउदै निकट भविष्यमा कास्की लिग, प्रदेश लिग, नेशनल लिग खेल्दै ए डिभिजन लिग खेल्ने लक्ष्य रहेको बताउदै विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्बतको शुभकामना दिए । क्लबका उपाध्यक्ष लक्ष्मण रोकाहाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close