थकाली समाज पोखरालाई फुटसल प्रतियोगिताको उपाधि

पोखरा २६, असोज ।
थासाङ यूवा परिवारको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको “अन्तर क्षेत्रीय थकाली समाज फुटसल प्रतियोगिता २०७५” उपाधि थकाली सेवा समिति पोखराले जितेको छ । फाईनल खेलमा पोखराले थाक सात सय क्षेत्र मुस्ताङको घाँसालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बिजेताले उपाधि सहित ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता भएको थाक सात सय क्षेत्र मुस्ताङले ३० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा काठमाण्डौंको थकाली सेवा समिति अनुशासित टीम घोषित भयो । प्रतियोगितामा थाक सात सय क्षेत्रका बिमर्श शेरचन उत्कृष्ट खेलाडी घोषित भए भने थकाली सेवा समिति पोखराका किसव शेरचनले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जिते ।

विजयी खेलाडीहरुको टोलीलाई थकाली सेवा समिति कास्कीका अध्यक्ष शिवशंकर गौचन, पोखरा थाकसाङ युवा परिवारका अध्यक्ष लक्ष्मण गौचन, निवर्तमान अध्यक्ष योगेन्द्र शेरचन, खासाङ स्पोटर्स क्लव काठमाण्डौंका अध्यक्ष कृष्ण शेरचन लगायतले पुरस्कार बितरण गरेका थिए ।

यस अघि थकाली सेवा समिति पोखराले काठमाण्डौंको थकाली सेवा समितिलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै फाईनलका यात्रा तय गर्दा घाँसाले पोखरा थाकसाङ युवा परिवारलाई ३–१ को गोल अन्तरले पराजित गरेको हो ।

पोखरा दिपका सिकन्दर गौचनको मुख्य प्रायोजन र थकाली सेवा समाजको सह–प्रयोजनामा भएको देश भरीका १९ थकाली समाजहरु भए पनि प्रतियोगितामा ७ वटा समाजले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close