९ औं माछापुच्छ्रे पौडीमा सागर र अनुष्कालाई दोहोरो स्वर्ण

पोखरा, २५ असोज ।
पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेल ९ औं माछापुच्छ्रे कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । ५० मिटर फ्रि स्टायल तर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् । पुरुष तर्फको दोश्रो स्थानमा एलएका रियाज महर्जन र तेश्रो स्थानमा नेपालगंजका रिजन बिष्ट रहे । यस्तै महिला तर्फ लेसिया डङ्गोलले रजत र नेपालगंजकी नम्रता कार्कीले कास्य पाईन् ।

यस्तै ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४.१९ सेकेन्डमा दुरी पुरा गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङ्गले कास्य पाए । महिला तर्फ अनुष्काले ४१.३५ सेकेन्डमा स्वर्णमा पाईन् । दोश्रो स्थानमा अदिप्शा बैद्य र तेश्रौ स्थानमा नेपालगंजकी नम्रता कार्की रहिन् ।

कास्की जिल्ला पौडी संघका आयोजना तथा नेपाल पौडी संघको सहयोगमा भएको च्याम्पियनसिपको फ्रिस्टायल तर्फनै यु १४ को ५० मिटरमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कास्य पाए । महिला तर्फ अनुसिया तन्डुकारले स्वर्ण, जेभियरकी प्रनु भंडारीले रजत र नेपालगंजकी सुमी शाहीले कास्य पाए । यु १२ मा पुरुष तर्फ श्रेयन सिंहले स्वर्ण, नेपालगंजका अविरल भंडारी र खेम राज थापाले कास्य पाए ।

महिला तर्फ शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण मंजुघोक्साकी भिदुषी गुरुङ्गले रजत र आरज्ञी बिष्टले कास्य पाए । यु १० मा लिसन डङ्गोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगंजका करुण शर्माले कास्य पाए । यस्तै महिला तर्फ नेपालगंजकी सुप्रिया रावलले स्वर्ण, आर्जु थापामगरले रजत र दीपा कर्णले कास्य पाए । यु ८ को २५ मिटरमा पुरुष तर्फ मंजुघोक्साका चोगेल शेर्पाले स्वर्ण, मियोन महर्जनले रजत र प्रतिक महर्जनले कास्य पाए । महिला तर्फ टिशा महर्जनले स्वर्ण, आर्या महर्जनले रजत र जेनिसिर के.सी.ले कास्य पाए ।

कास्कीका शुभाग्य श्रेष्ठलाई स्वर्ण
कास्की जिल्लामा पौडी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले कास्की जिल्लाका खेलाडीहरुको विच मात्र गरिएको प्रतिस्पर्धाको यु १७ २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण पाए । उनले १८.३१ सेकेन्डमा पुरा गरे । दोश्रो स्थानमा सुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कास्य पाए ।

महिला तर्फ अरुवी तामाङ्गले १९.७५ सेकेन्डमा साथ स्वर्ण पाए । जुमना थापाले रजत र जेलिशा गुरुङ्गले कास्य पाए । यु १४ को ब्वाईज तर्फ बिदित पौडेलले १७.२८ सेकेन्डका साथ स्वर्ण पाए । प्रियश गुरुङ्गले रजत र नियोग छन्त्यालले कास्य पाए । गल्र्स तर्फ बिरंगना खत्रीले २३.३४ सेकेन्डका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा सविना कार्की र अंकिता क्षेत्रीले कास्य पाईन् । यु १२ ब्वाईज तर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कास्य पाए । यु १० गल्र्स तर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कास्य पाए ।

ओपन वाटर पौडी प्रतियोगिता शुक्रबार
कास्की जिल्लमा पौडी खेलको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्धेश्यले विगत ८ बर्ष देखि आयोजना गर्दै आईरहेको २.५ कि.मि.को ओपन वाटर पौडी प्रतियोगिता शुक्रबार हुने भएको छ ।

फेवातालस्थित तालबाराहीमा हुने प्रतियोगितामा ओलम्पियन खेलाडी शिरिष गुरुङ्ग लगायतको उपस्थिती रहने भएको छ । प्रतियोगितामा नेपाली सहित बिदेशी खेलाडीहरुको पनि सहभागिता रहने कास्की जिल्ला पौडी संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले पुरुष तर्फ नगद २५ हजार, दोश्रोले नगद १५ हजार र तेश्रो हुनेले १० हजार तथा महिला तर्फ १५, १० र ५ हजार प्राप्त गर्ने छन् ।

कास्की जिल्लाका खेलाडीहरुका लागि छुट्टै पुरस्कार राशीको ब्यवस्था गरिएको छ । जसमा पहिलोले ८ हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close