
शिशिर पौडेल
पोखरा २४ असोज ।
नेवा ल्याम्ह पुच बाटुलेचौर र लामाचौरको आयोजनामा यहि असोज २७ गते देखि पाँचौ कास्की नेवा ल्याम्ह पुच फुटसल प्रतियोगिता हुने भएको छ ।
नेवा खल कास्कीको रजत बर्षको अवसर पारेर पोखराको गणेशटोलमा रहेको बि फिट फुटसलमा ५ दिनसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिएका छन । पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले प्रतियोगितामा कास्कीका सबै ल्याम्ह पुचले सहभागिता जनाउने बताए ।
प्रतियोगितामा विजेतालाई नगद ४० हजार, टफि, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद २० हजारका साथमा टफि, मेडल, प्रमाणपत्र र सेमिफाइनालिष्टलाई नगद ७ हजार ५सय, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने र लिगकम नकआउटका आधारमा खेल खेलाइने टीम दर्ता संयोजक सुशील श्रेष्ठले जानकारी दिए । प्रतियोगिता संम्पन्न गर्न ४ लाख १० हजार खर्च लाग्ने र हालसम्म विभिन्न दाताले सहयोग गरेको अर्थ संयोजक दुर्गालाल श्रेष्ठले बताए ।
प्रतियोगिताको असोज २७ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव चन्द्र श्रेष्ठले उद्घाटन गर्नुहुनेछ । सोहि अवसरमा टफि प्रर्दशन समेत गरिएको थियो । कास्कीमा ३४ वटा नेवा ल्याम्ह पुच सक्रिय छन् ।