प्याराग्लाइडिङ रजत पदक बिजेता खेलाडिहरुलाई अभिनन्दन

पोखरा, २४ असोज ।
१८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट रजत पदक प्राप्त गर्ने खेलाडिहरुलाई छिमेकी संघसंस्थाहरुले बुधबार सामुहिक अभिनन्दन गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा जन्मेका विमल अधिकारी तथा उनको टिमलाई छोरेपाटनमा रहेका ३७ वटा संघसंस्थाले सामुहिक अभिनन्दन गरेका हुन । उक्त टिमले लामो समय पछि अन्तराष्ट्रिय खेलमा रजत पदक ल्याइ नेपालको नाम राख्न सफल भएका थिए ।

उनिहरुलाई अभिनन्दन गराउने वातावरणको चाँजो पाँजो भने डेभिज फल क्लब र गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले गरेका थिए । क्लबका अध्यक्ष गोपाल बरालले क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक कार्य गर्दै आएको वताउँदै युवा लक्षित हरेक कार्यक्रम गर्न क्बल सहकार्य गर्न तयार रहेको वताएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले गर्ने भनिए तापनि उनको कार्य व्यस्तताले गर्दा वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीलाई अख्तियारी प्रदान गरी कार्यक्रम स्थलबाट बाहिरिएका थिए । मेयर जिसीको सट्टा वडा अध्यक्ष अधिकारीले खेलाडिहरुलाई अविर, माला र अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेका थिए ।

सबै खेलाडी तथा अफिसियललाई बुधबार विभिन्न आमा समुह, टोल विकास संस्था, सहकारी, विद्यालय, प्रहरी चौकी लगाएत ३७ वटा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अभिनन्दित गरेका थिए ।

छोरेपाटन विद्यालयको तर्फबाट प्रधानाध्यापक लक्ष्मण थापा र सहप्रधानाध्यापक डिल्लिराम शर्माले अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेका थिए भने छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चुडामणी वरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डेभिज फल क्लबका अध्यक्ष गोपाल वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गुप्तेश्वर महादेव गुफा व्यवस्थापनका अध्यक्ष विष्णुप्रसाद पौडेलले र कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष दिपक सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close