खेलकुद समेटिएको रंगशाला साप्ताहिक विमोचित

काठमाडौं २४ असोज ।
नेपाली खेलकुदको विकास र प्रवद्र्धनलाई मध्यनजर गर्दै प्रकाशित रंगशाला साप्ताहिक विमोचन गरिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा एक कार्यक्रमका बीच प्रमुख अतिथी राखेपका सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, सदस्य गंगाबहादुर थापामगर, ओलम्पियन जितबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जुडोका संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, रंगशाला खेल साप्ताहिकका अध्यक्ष यमकुमारी गुरुङ, प्रकाशक निरा अधिकारी र सम्पादक सानु गुरुङ लगायतले विमोचन गरेका थिए ।

विमोचनका अवसरमा सदस्यसचिव विष्टले नेपाली खेलकुदमा विशुद्ध खेल पत्रिकाको आवश्यकता महसुस भएको समय रंगशाला साप्ताहिक प्रकाशनमा आएको बताए । उनले यस पत्रिकाले समग्र खेलकुदको विकास र विस्तारका लागि योगदान पु¥याउन सकोस भन्दै रंगशालाको निरन्तरताका लागि राखेपको सदैव साथ रहेन बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रंगशाला साप्ताहिकले खेलकुदका सत्य तथ्य विश्लेषणात्मक समाचारलाई पाठकवर्ग माझ पु¥याउने विश्वास व्यक्त गरे । बडा दसैँको शुभकामना आदानप्रदानसमेत रहेको कार्यक्रमा पत्रिकाका अध्यक्ष यमकुमारी गुरुङले नेपाली खेलकुदको ऐना र खेलाडीको ढुकढुकी बनाउन हामी सदैव लागि पर्ने बताइन ।

कुल ८ पृष्ठको साप्ताहिक पत्रिका गत ३ असोजदेखि प्रकाशनमा आएको थियो । पत्रिकाको मध्यपृष्ठमा चर्चित खेलाडीको ब्लोअपसहित ४ पेज रंगिनमा प्रकाशित हुँदै आएको छ । उक्त पत्रिका प्रत्येक बुधबार प्रकाशिकत हुँदै आइरहेको छ । विमोचन कार्यक्रममा विभिन्न संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close