
पोखरा, २४ असोज ।
कास्की जिल्ला पौडी संघको आयोजनामा पोखरामा बिहिबार बाट नबौं संस्करणको माछापुच्छ्रे तथा आठौं खुल्ला पौडी प्रतियोगिता हुने भएको छ ।
सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बैभब पौडेलले नवौं माछापुच्छ्रे पौडी प्रतियोगितामा विद्यालय स्तरिय हुने बताए । पोखरा हेमजा स्थित पौडी पोखरीमा हुने उक्त प्रतियोगितामा १ सय ५ जना प्रतियोगीहरुले सहभागिता जनाएका छन ।
आठ वर्ष मुनी (यू–८) १० वर्ष मुनी (यू–१०), १२ वर्ष मुनी (यू–१२), १४ वर्ष मुनी (यू–१४) र १७ वर्ष मुनी (यू–१७) का अलग–अलग इभेन्टमा सहभागित जनाउन काठमाण्डौ बाट ६० र नेपालगंज बाट १५ जना प्रतियोगीहरु पोखरा आइसेकका छन । पोखरा बाट भने ३० जनाले सहभगिता जनाउनेछन । प्रतियोगितामा बिजयी हुने खेलाडीले मेडल तथा प्रमाणपत्र पाउनेछन ।
यता शुक्रबार हुने आठौं खुल्ला पौडी प्रतियोगिता भने फेवातालमा हुने भएको छ । बाराही मन्दिरको वारी बाट शुरु हुने साढे २ किलोमिटर प्रतियोगितामा विदेशी, राष्ट्रिय र स्थानिय महिला तथा पुरुष गरि ५० जनाको सहभागिता रहने नेपाल पौडी संघका महासचिब जगतमान श्रेष्ठले जानकारी दिए ।
फेवातालमा आयोजना हुने उक्त खुल्ला प्रतियोगिताका लागि सम्पूर्ण शुरक्षा व्यवस्थालाइृ समेत चुस्त बनाइएको प्रदेश नं ४ का पौडी प्रशिक्षक आन्नद कुवंरले बताए । नेपाली सेना, शसस्त्रप्रहरी र स्वयसेवी र मेडीकल टिम सहित करिब ३० वटा डुँगा, मोटरबोट र कायकहरु खटिने कुंवरले जानकारी दिए ।
प्रतियोगितामा बिजयी हुने खेलाडी पूरुष प्रथम, द्वितिय र तृतियले नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन भने महिला तर्फ प्रथम, द्वितिय र तृतियले १५, १० र ५ तथा स्थानिय प्रथम, द्वितिय र तृतियले ८, ५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र पाउनेछन ।
फेवातालमा आयोजना हुने खुल्ला पौडीलाई आगामी वर्ष दक्षिण एशिया स्तरको बनाउन प्रयास गरिने महासचिब श्रेष्ठले बताएकाछन । “पोखरा स्विमिङका लागि निकै पोटेन्सियल मात्र होइन खेल पर्यटनको सम्भावना पनि उत्तिकै रहेको छ” उनले भने–“त्यसैले पनि यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक छ ।”