
पोखरा, २४ असोज ।
यहि कात्र्तिक ९ देखि २० गते सम्म क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा पोखराको क्रिकेट रंगशालामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अस्थायी प्यारापिट निर्माण कार्य शुरु भएको छ ।
करिब ४ हजार ५ सय दर्शक क्षमताका लागि पोखराको एक निजी संस्थाले प्यारापिट बनाउन लागेको हो । रंगशालाको मुख्य काम मध्येको एक प्यारापिट र शौचालयको पनि राम्रो प्रबन्ध गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन । शौचालय भन्ने स्थायी प्रकारको हुनेछ ।
करिब तिन महिना अधि बाट क्रिकेट पिचको निर्माण शुरु गरेको आयोजक संस्थाले रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन भरमग्दुर प्रयास गर्दैछ । ४ हजार ५ सय जना प्यारापिटमा अन्य सहित करिब ६ हजार दर्शकले पिपिएलको अबलोकन गर्न सक्ने प्रबन्ध निर्देशक छुम्बीले बताएका छन । यसैगरि मैदानको बाहिरी भागलाई पनि सफाइ गरेर सुन्दर बनाउने प्रयास गरिएकोछ ।
तस्बिरः सुदर्शन रन्जित