
पोखरा, २४ असोज ।
मलेसियामा जारी आइसिसी टि–२० एशिया क्षेत्रिय छनौट अन्र्तगत नेपालले चिन लाई २६ रनमानै धराशायी बनाएको छ । नेपालले पाएको २७ रनको लक्ष्य ११ बलमा २९ बनाएर १० विकेटले जितेर आफ्नो बिजयी यात्रा जारी राखेको हो ।
पाएको २७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएका नेपाल टिमका बिनोद भण्डारीले ८ बलको सामना गर्दै १ छक्काको मद्धतले २४ रन बनाए भने अर्का ओपनर प्रदिप ऐरीले ३ बलमा ४ रन जोडे ।
टस जितेर ब्याटिङको निम्तो दिएको नेपालले १३ ओभरमा २६ रन दिंदै चिनलाई सिमित रनमानै पेविलियन फर्काएको थियो । चिनका ८ जना खेलाडीलाइृ नेपाली बलरले खाता समेत खोल्न दिएनन । चिनका होङ यानले ११ रन जोडन बाहेक अरु सबै मैदान छिर्ने काम बाहेक अरु हुन केही गर्न सकेनन भने एक जना रन आउट भए ।
नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले ३/३ विकेट लिए । एउटा विकेट रनआउट थियो । नेपालले लगातार पाँचौ जित दर्ता गर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले अब अन्तिम खेलमा सिंगापुरको खेल्नेछ ।
फ़ाएल फोटो