थासाङ यूवा परिवारले पोखरामा फुटसल प्रतियोगिता गर्ने

पोखरा, २३ असोज ।
थकाली सेबा समिती पोखराको भातृ संस्था थासाङ यूवा परिवारको अयोजनामा यहि असोज २६ गते “अन्तर क्षेत्रिय थकाली समाज फुटसल प्रतियोगिता २०७५” हुने भएको छ ।

बनाउन पोखरा १६ दिप निवासी सिकन्दर गौचनको मुख्य प्रायोजनमा आफ्ना बुबा/आमा स्व. मुनिलाल/जित कुमारी गौचनको स्मृतीमा आयोजना हुने उक्त प्रतियोगितामा देश भरि छरिएर रहेका यूवाहरुलाई समेट्ने उद्धेश्यका आयोजना गर्न लागिएको हो । दोश्रो पुरुस्कारको प्रायोजन भने थकाली सेबा समिती पोखराले गर्ने भएको हो । हाल देश भरि छरिएर रहेका १९ थकाली समाजहरु मध्ये १० थकाली समाजको प्रतियोगितामा सहभागिता रहनेछ ।

लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा प्रथम, द्वितिय हुने टिमले क्रमश नगद रु ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल र तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका निवर्तमान अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा वेष्ट प्लेयर, हाइ स्कोरर र फेयर प्ले टिमलाई समेत ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close