पोखरा प्रिमियर लिग  महानपर्बका रुपमा शुरु गर्दैछौ -छुम्बी लामा प्रबन्ध निर्देशक, क्विइन्स इभेन्ट्स

भर्खरै ३१ मा टेकेका छुम्बी लामा लाग्दछ उनको नसा–नसामा क्रिकेट दौडिएको छ । ७ वर्ष नेपालको नेपाल क्रिकेट संघको प्रमुख कार्य संचालन अधिकृतको रुपमा कार्य अनुभव संगालेका लामा क्रिकेट आयोजनाको राम्रो दख्ख्ल राख्छन । पिपिएल आयोजक संस्था क्विन्स एभेन्ट मेनेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक लामा खुलस्त बोल्छन “अब सबै तिर संगालेको अनुभब पोखरा प्रिमिएर लिगका लागि खर्च गर्छु ।” ताप्लेजुङको घुन्सामा जन्मिएका उनी तेह«थुमको बसन्तपुरको बसाई सराइ पछि त्यहीं प्लस टु को अध्ययन पश्चात हाल काठमाडौको बौद्धमा स्थायी रुपमा बस्दै आएका छन । स्नात्तोत्तरको अध्ययन सकेका लामासंग पोखरा प्रिमिएर लिग टि–२० क्रिकेट प्रतियोगिताका बारेमा सम्पादक केशब पाठक संगको कुराकानी

पोखरा प्रिमिएर लिग किन शुरु गर्नु भयो ? यसको योजना कसरी बन्यो ?
पोखरा भन्ने बित्तिकै सुन्दर पर्यटकिए गन्तब्य मात्रै होइन खेलकुदले पनि उत्तिकै चर्चित छ र महत्व राख्छ भन्ने कुरा हामीले बुझेका छौं । पोखरा फुटबल, भलिबल लगाएत अन्य केही खेलमा उत्तिकै चर्चित पनि छ । तर जसरी ऐतिहासिक रुपमा नेपालले एक दिवशिय मान्यता पायो यो मान्यता संगै देश भरी छरिएर रहेका क्रिकेट प्रेमीहरु जस्तै यस क्षेत्रकाहरु पनि खुसी हुनु स्वाभाविक थियो । पोखरा प्रिमिएर लिग संचालन गर्ने भन्ने कुरा लामो समय देखि चलेको कुरा हो । केही पोखरेली साथीहरुले यो विषयमा मलाई झक्झकाउनु भयो, राम्रो हुन्छ गरौं क्रिकेटको पनि बिकास हुन्छ भन्ने कुरा आयो । पोखरालाई क्रिकेटको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि यो लिग आयोजना गरेका हौं ।

यहाँले निकै चुनौतीका बिच यो लिग आयोजना गर्दै हुनुहुन्छ, यहाँले सोचे जस्तै माहोल बन्न सक्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
जसरी हामीले काम सुरु ग¥यो हाल सम्म सबै पक्षको सहयोगलाई केलाउने हो भने हामी निकै उत्साहित छौं । मिडिया, खेलाडी, क्रिकेट संघ, राज्यपक्ष सबैको सहयोग उत्तिकै स¥हानिय छ । यो लिग सबैको सहयोगलेनै परिणाममुखी बन्न सक्छ । हामी जती प्रतियोगिताको दिन नजिक आउँदैछ यि सबै चुनौतीलाई अबसरमा परिणत गर्ने छौ र पोखरामा एउटा क्रिकेटको माहोल बनाउन लागि परेका छौं ।

यो लिग शुरु गर्दा परेका चुनौतीलाई समाधान गर्न कस्ता योजना बनाउनु भएको छ ?
ठ्याक्कै त्यास्ता हामीले काम गर्दा अहिले सम्म सोचे जस्तो चुनौती भने आएको छैन । हामी कार्यान्वयनको अन्तिम चरणको आइपुग्दा सम्म सबै स्टेक होल्डर आ–आफ्नो तर्फ बाट गर्नु भएको सहयोगले हामीलाई धेरै हौसला मिलेको छ यो आयोजकका लागि त्यो भन्दा बढी खुसीको विषयनै होइन । अब यो सहयोग अन्तिम चरण सम्म रहने छन भन्नेमा म पूर्ण विश्वश्त पनि छु ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा कार्तिक ९–२० सम्म हुने पिपिएल हेर्न कति दर्शक आउलान ? यहाँको अपेक्षा के छ ?
पोखरामा पहिलो पटक यति ठूलो क्रिकेट इभेन्ट भइरहेको छ । हामीले दर्शक क्रिकेट हेर्न आउन भन्ने महोल बनाइरहेकै छौं । पोखरा, चितवन लगाएत देशका अन्य भाग बाट पनि क्रिकेट फ्यान पोखरा आउन सक्छन भन्ने अपेक्षा गरेका छौं भने स्वय पोखरेली दर्शक पनि अत्याधिक रुपमा यो क्रिकेटको पूर्ण मनोरंजन लिने छन भन्ने सोचेका छौं । त्यो मात्रै नभई हामीले टिभी बाट प्रत्यक्ष प्रशारण पनि गरेका छौ । यो पोखराको लागि ठूलो माइलेज पनि हो । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पोखराको क्रिकेट चिनाउन सहयोग पुग्नेछ ।

पोखराको क्रिकेट रंगशालामा प्यारापिट छैन, न त शौचालयको उचित प्रवन्ध नै छ, केही आवश्यक पूर्वाधारको अभाव देखिन्छ यसका लागि के सोच्नु भएको छ ?
अहिले हमीले दर्शकाका लागि अस्थायी प्यारापिट निर्माण कार्य सुरु गरिसकेका छौ । जहाँ ३/४ हजार दर्शक सजिलै खेल अबलोकन गरि मनोरंजन लिन सक्नेछन भने करिब ६ हजार दर्शककका लागि अहिले हामीले तयार गर्दैछौं । पूर्वाधारकै कुरा गर्ने हो भने पोखरामा मात्रै होइन धेरै ठाउँमा यस्तो अवस्था छ । यो सबै बिस्तारै सूरु पनि हुँदैछ । अहिले पनि शौचालय बनाएका छौ । यो पिपिएलका लागि मात्रै नभएर दिर्घकालका लागि पनि हुनेछ भन्ने मलाई लाग्छ । पिपिएल हेर्न आउने दर्शकले क्रिकेटको पूर्ण मनोरंजन लिनेछन् र येस्ता कुरामा उनीहरुलाई कुनै बाधा नहुनेमा म सबैलाई बिश्वास दिलाउन पनि चाहन्छु ।

आइसिसीले यहाँले चाहे जस्तै भनेकै समयमा पिपिएललाई मान्यता पनि दियो के भन्न चाहनुहुन्छ ?
हजुर यो एउटा महत्वपूर्ण पक्ष थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मान्यता दिनु भनेको पिपिएल एक कदम अगाडी बढन सफल भएको छ । छोटो समयमा उहाँहरुले हामीलाई विश्वास गर्नु भएको छ यसका लागि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौ । अब सबै आइसिसीको गाइडलाइन अन्र्तगत रहेर पिपिएलको आयोजना हुनेछ । यसले क्रिकेटका सबै स्टेक होल्डरलाई निकै उत्साहित पनि बनाएको छ । अब पोखरा दशै र तिहारको पर्वमय मात्रै होइन क्रिकेटमय पनि हुनेछ भन्नेमा हामी आयोजक ढुक्क छौं ।

पिपिल आयोजनागर्न यहाँको स्थानिय सरकार प्रदेश सरकार स्थानिय क्रिकेटका स्टेक होल्डर बाट कस्तो सहयोग र आश्वासन पाउनु भएकोछ ?
अहिले सम्म हामीले समन्वय गरेर जो जो संग काम गरेका छौं त्यसबाट आयोजक पक्षका तर्फ बाट हामी पूर्ण रुपमा खुसी छौं । पिपिएलमा रास्ट्रीय अन्तरास्ट्रिय अम्पाएरहरुको समन्वयमा  स्थानिय स्कोरर, क्युरेटर र स्थानीय अम्पाएरहरु लाई उनीहरुको छ्यमताको आधारमा हामीले यहींकालाई बढी प्राइरोरेटी दिने प्रयासमा छौ । हामीले जिल्ला खेलकुद बिकास समिती लगाएत अन्य संग पनि समन्वयकारी भूमिकाका साथ काम भएको छ । गण्डकी प्रदेशको मुख्य मन्त्रि, प्रदेश मन्त्रिहरु, सांसद, मेयर लगाएत सबैले यो लिगका लागि पोजिटिभ रोल खेल्नु भएकोछ । अझ यसैलाई माथी उठाउन सबै सेक्टरको उत्तिकै आवश्यक पर्छ र सहयोगका लागि म सबै पक्ष संग आह्वान पनि गर्छु ।

पिपिएल एक पटकका लागि कि संधैका लागि ?
पिपिएल एक पटकका लागि होइन यो संधैका लागि हो । यो हरेक वर्षमा र यहि सिजनको हुने वृहत प्रतियोगिता हो । हामी नितान्त नेपाली क्रिकेटको बिकास र बिस्तारका लागि काम गरेका छौं । यो पहिलो एडिशन पछि अझ ठूलो र वृहत बनाउने र यसके लेभल बढाउने गरि हामी अगाडी बढ्ने छौ ।

पिपिएल हेर्न पोखरा रंगशाला दर्शक आउन भन्नका लागि अन्तिममा के भन्न चाहनुहुन्छ ?
दशैै तिहारको यो महान पर्व संगै पोखरामा सुरु हुने पिपिएल हुँदैछ । स्वदेशी तथा बिदेशी खेलाडी आउँदैछन । प्रत्यक्ष रुपमा खेलाडीलाई हेर्न र उनीहरुको खेल बाट मनोरंजन लिन म सबै दर्शकलाई कात्र्तिक ९ गते बाट रंगशाला आउन आह्वान गर्दछु । क्रिकेटलाई माया गरिदिनुस, क्रिकेटको प्रोमोट गरिदिनुस पोखरालाई खेलकुद पर्यटनको शहरको रुपमा बिकास गर्न पनि सबै दर्शक रंगशाला आउनुस भन्न चाहन्छु ।

तस्बिर : शुदर्सन रंजित 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close