
पोखरा, २२ असोज ।
ब्रिटिस ओपन इन्टरनेसनल कराते (विकेएस) प्रतियोगितामा पदक बिजेता कराँते खेलाडी सोमवार काठमाडौमा सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्मा) र सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडी विनोद शाक्य गुभाजु, बिप्लबलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका थिए ।
ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा आश्विन ६ र ७ सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, बिप्लबलाल श्रेष्ठ र सोनाम लामा फाईनलमा पराजित भएपछि रजत पदक जितेका थिए । सोनमलेनै कुमुतेको ब्यक्तिगत स्पर्धा अन्र्तगत पुरुष कुमुतेको ६० केजी मुनी नेपाललाई कास्य दिलाएका थिए ।
त्यस्तै नेपालकातर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एशियन रेफ्री सृजना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिईन् । नेपाली टिममा सहभागि ब्यवस्थापक राजेन्द्र दुलाल,कुवेर एसके, खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।