
पोखरा, २२ असोज ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलवार देखि बाग्लुङको गल्कोट शुरु हुदैछ । गल्कोट नगरपालिकाको मुख्य सहयोगमा असोज २७ सम्ममा हुदैछ ।
प्रतियोगिताका लागि गल्कोट नगरपालिकाले ५लाख सहयोग गरेको बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष यमवहादुर श्रीसले जानकारी गराएका छन् । प्रतियोगिताका लागि गल्कोट स्पोर्टस् क्लब जापान र गल्कोट समाज जापनले २ लाख ५० हजार सहयोग गरेका छन् । त्यस्तै बाग्लुङ समाज दक्षिण कोरियाले पनि १ लाख सहयोग गरेको छ ।
संघीय ढाँचामा आयोजन हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष श्रीसले जनाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुने छ । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैह्रेले गर्ने भएकाछन् ।