
पोखरा, २२ असोज ।
दीपकबहादुर गोदारको अध्यक्षतामा कास्की जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ पुर्नगठन गरिएको छ ।
गोदारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति पुर्नगठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । पुर्नगठित अध्यक्ष कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष समेत हुन भने मुआथाईका प्रशिक्षक तथा खेलाडी समेत हुन ।
पुर्नगिठत संघको उपाध्यक्षमा राजन पौडेल र जीवन मल्ल, सचिवमा हिमाल खड्का तथा कोषाध्यक्षमा राजेन्द्र तामाङ रहेका छन् । जिम्मी गुरुङ, रत्न आले, सुवास खड्का, कमल एलसी, पुनम गुरुङ, प्रदीप रसाइली, निरज थापा, रेखमाया गुरुङ, धन तामाङ र निशान कार्की सदस्यमा चयन भए ।
यसै बिच कास्की जिल्ला खेलाडी खेलाडी संघले आउँदो शनिबार असोज २७ गते पोखरामा शुभ दशैं तथा दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम अयोजना गरिएको अध्यक्ष गोदारले जानकारी दिएका छन ।