पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता, बिदेशी खेलाडीले समेत खेल्न पाउने

पोखरा, २२ असोज ।
पोखरामा यहि कात्र्तिक ९ देखि २० सम्म अयोजना हुने यस क्षेत्रकै वृहत क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेटको छाता संस्था आइसिसीले मान्यता दिएको छ । मान्यता संगै पिपिएल आइसिसीको नियम अन्र्तगत रहि प्रतियोगिता संचालन हुनेछ ।

पिपिएलको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीले आइसिसीले मान्यता दिएको भन्दै खुसी ब्यक्त गरेको छ । अयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले एक विज्ञप्ती मार्फत भनेका छन–“ पिपिएललाई आइसिसीले मान्यता दिनुले आइसिसी सबै क्षेत्रमा आयोजना हुने क्रिकेट खेलको बिकासका लागि प्रतिवद्ध रहेको छ भन्ने देखाँउछ” उनले थपेका छन– “भर्खरै एक दिवशिय मान्यता पाएको देशको लागि समेत यो थप उत्साह जगाउने सन्देश हो ।”

आइसिसीले मान्यता दिए पछि अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरुले तुरुन्तै ‘नो अब्जेक्शन लेटर’ पाउन सजिलो समेत हुने भएको छ । जसका कारण उनीहरुलाई कुनै पनि देशका कुनै पनि खेलाडी पोखराको मैदानमा खेल्न सक्ने भएका हुन ।

आइसीसीले मान्यत दिए पछि आयोजक संस्थाका तर्फ बाट प्रबन्ध दिर्नेशक लामाले समग्र क्रिकेट खेलाडी, क्रिकेट प्रेमी र आफ्नो तर्फ बाट आइसिसीलाई हार्दिक आभार समेत दिएका छन्  ।
तस्बिरः शुदर्सन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close