
पोखरा, २१ असोज ।
भुटानमा आइतबार सम्पन्न महिला साफ यू १८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल टिम बंगालादेश संग फाइनलमा पराजित हुँदै उपबिजेतामा सिमित भएको छ ।
उपाधीको बलियो दाबेदार मानिएको भारतलाई सेमिफाइन खेलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको नेपाल टिमले बंगालादेशलाई फाइनलमा पराजित गर्ने मनोबलका साथ मैदानमा उत्रिए पनि झिनो गोलले पराजित हुँदै उपबिजेतामा सिमित बनेको हो ।
मध्यान्तर सम्म दुबै टिमले गोल गर्न नसकेपनि मध्यान्तर लगतै बंगालादेशले गोल गर्दै उपाधी चुमेको हो । खेलको ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा परिणत गरेकी थिइन ।