नेपालले थाइल्याण्डलाई १४० रनले पराजित ग¥यो, करनको जोडदार ब्याटिङ

पोखरा,  २१ असोज ।
मलेसियामा जारी आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिता अन्र्तगत एशिया छनोटमा नेपालले थाइल्याण्डलाई १ सय ४० रनको बिशाल स्कोरले पराजित गरेको छ । नेपाल जित संगै ६ अंकका साथ पहिलो स्थानमा उभिएको छ ।

टस हारेर ब्याटिङ पहिलो गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो  । नेपालले दिएको १७३ रनको लक्ष्य थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाउँदै १८ रन मात्र बनाउन सकेको थियो  ।

वर्षाका कारण खेल रोकिएपछि डिएलका आधारमा नेपाललाई विजयी घोषणा गरिए पनि नेपाली स्पिनर सन्दिप लामिछानेले घातक बलिङ गर्दै ३ ओभरको स्पेलमा ८ रन खर्चिएर ५ बिकेट लिएका थिए । खेलका म्यान अफ द म्याच करण केसीले समेत आफ्नो स्पेलको एक दशमलव पाँच ओभरमा जम्मा २ रन दिएर थाइल्याण्डको ३ बिकेट लिएका थिए ।

यस अघि नेपालका करन केसीले जोडदार ब्याटिङ १४ बलमा ४ छक्का र २ चक्का प्रहार गर्दै अविजित ४० रन बनाए । यसै गरि शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाउँदै नेपाललाई सम्मानजनक स्थितीमा पु¥याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close