सहाराको हाइकिङमा उत्साहजनक सहभागिता, कर्णालीकोे अस्पतालका लागि २४ लाख

पोखरा, १८ असोज ।
सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीमा आश्रित बालकहरुका लागि सहारा क्लब हङकङले वृहत हाइकिङ उत्साहजनक रुपमा सम्पन्न भएको छ । सो हाइकिङमा हङकङका नेपालीहरुले कर्णालीको कालीकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि समेत व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन ।

क्लबले पोखरा स्थित सहारा एकेडेमीको सहयोगार्थ आयोजना गरेको करिब ९ किलोमिटर लामो (यात्रा) हाइकिङमा करिब ४ सय जना सहभागी थिए । हाइकिङमा बालबालिका देखि ७० वर्षका वृद्धाहरु सहभागी थिए । उनीहरुले हाइकिङका लागि भन्दै प्रत्येक सहभागीले क्लबलाई हङकङ डलर २ सय ५० प्रदान गरेका थिए । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुख्य नाराका साथ शुरु भएको अभियानमा क्लबले सहभागीहरुलाई जिवनविमा सहित एक–एक थान टिशर्ट तथा खानाको समेत प्रवन्ध गरेको थियो ।


सो कार्यक्रममा क्लबले मुख्य आर्कषकका रुपमा नेपाली सञ्चारकर्मी रबी लामिछानेलाई निम्तो गरेको थियो । हाइकिङको हङकङका नेपाली महावाणिज्य दुत कमल प्रसाद भट्टराईले उद्घाटन गरेका थिए । सो हाइकिङमा चलचित्रका हङकङका चर्चित नायक ज्याकी हियङ चो लगाएत हङकङका नेपाली विशिष्ट महानुभावको समेत सहभागिता रहेको थियो ।

हाइकिङ बाट बचत भएको रकम खर्च सहारा एकेडेमी पोखरा तथा कर्णालीको सामुदयिक अस्पतालका लागि प्रदान गरिने क्लबका उपाध्यक्ष बिल तामाङले बताए । क्लबका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहारा क्लबका सल्लाहकार तथा हङकङ तेक्वान्दो प्रमुख प्रशिक्षक तुलसी गुरुङ र क्लबका महासचिब कुमार गुरुङले सञ्चालन गरेका थिए ।

सेप्टेम्बर ३० मा अयोजित कार्यक्रमका लागि सञ्चारकर्मी लामिछानेले अन्तिम अवस्थामा आएर हङकङका लागि प्रवेशआज्ञा पाएका थिए । उनी सो समयमा कोरियामा रहेको र उनलाई कार्यक्रममा उपस्थित गराउन र भिसा पु¥याउन हङकङ बाट तमु समाजका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) कोरिया पुगेका थिए । सो भिसाका लागि कोमल गुरुङ र सहारा क्लब हङकङका प्रमुख सल्लाहकार तथा एनआएन हङकङका पूर्व अध्यक्ष दुर्गा गुरुङले विशेष भूमिका खेलेका थिए ।

हङकङ बसाईको क्रममा क्लबले डिनर नाइट, एनआरएन हङकङ संघ र नमोबुद्ध आमा समुह समुह संग सञ्चारकर्मी लामिछानेले भेटघाट तथा अन्तक्रिया समेत गरेका थिए । सो अबसरमा हङकङमा नेपालीहरुलाई अध्यागमन तथा नेपालीहरुको दोहोरो नागरिकताका सवालमा कुरा उठाइदिन सहभागीहरुले सञ्चारकर्मी लामिछानेलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close