महिला साफ यू–१८ नेपाल सेमिफाईनलमा भारतसँग खेल्ने

अर्जुन गिरी
भुटान, १७ असोज ।
भुटानमा जारी साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
समुह ‘ए’ को विजेता टिम भारतले समुह ‘बि’ को उपविजेता टिम नेपालसँग सेमिफाइनल खेल्दै छ भने समुह ‘बि’ को विजेता टिम बांगलादेशले समुह ‘ए’ को उपविजेता टिम भुटानसँग सेमिफाइनल खेल्ने भएको छ ।

दुवै टिम विच सेमिफाइनल खेले अक्टोबर ५ मा हुने छ । बंगलादेशले दोस्रो खेलमा मंगलबार नेपाललाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै समुह ‘बि’ को पहिलो स्थान बनाएको छ । बंगलादेशले यस अघि पहिलो खेलमा पाकिस्तानलाई १८–० गालेले पराजित गरेको थियो ।

नेपालले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेर समुह ‘बि’ को उपविजेता बनेको थियोे । यता भारतले पनि पहिलो खेलमा भुटान र दोस्रो खेलमा माल्दिप्सलाई पराजित गर्दै समुह ‘ए’ को पहिलो स्थान हासिल गरेको छ ।

मंगलबार आफ्नो टिमले राम्रो खेलेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘पहिलो हाफमा भन्दा दोस्रो हाफमा हाम्रो टिमले राम्रो खेल्यो,’ उनले भने, ‘डिफेन्स र गोल रक्षक बिच थोरै तालमेल नहुँदा पहिलो गोल खायौं ।’ सेमिफाइनल खेल राम्रो हुने उनले सुनाए । ‘यस खेलमा भएको कमि–कमजोरीलाई सुधार्दै सेमिफाइनल खेल राम्रो खेल्ने छौ,’ उनले भने ।

रेफ्रीको फितलो निर्णय

नेपाल र बंगलादेश विच मंगलबार भएको खेलमा रेफ्रीले फितलो निर्णय गरेको दर्शकले बताएका छन् । बंगलादेशको किपरले गल्ती गर्दा पनि फल नदिएको एक दर्शकले बताए । ‘त्यो किपरले डि बक्स भित्र ३ पटक बल राख्दै हातले समात्ने गर्दा पनि रेफ्रिले कुनै फल दिएन्,’ उनले भने, ‘खासमा त्यस्तो अवस्थामा इन्डाइरेक्ट फ्रि किक दिनु पर्ने हो, तर रेफ्रिले निर्णय गलत गर्दै उनीहरुलाई चान्स दियो ।’

नेपाली टिमलाई भेदभाव गरेको आरोप पनि लागेको छ । दोस्रो हाफमा नेपालकी खेलाडी रेखा पौडेले हेडिङबाट बल क्लियर गर्दा उल्टो उनकै फल देखाउदै रेफ्रिले बंगलादेशलाई चान्स दिए । त्यतिमात्र होइन दोस्रो हाफमा नेपाली खेलाडी विमला विकलाई दिनै नपर्ने पहेलो कार्ड दिएपछि झन रेफ्रि बिबादमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close