प्याराग्लाइडिङ व्यवस्थित बनाउने प्रयासः नेपाल हवाइ खेलकुद संस्था (ना) ले प्राधिकारिक संस्थाको रुपमा काम गर्ने

केशब पाठक,
पोखरा, १६ असोज ।
नेपाल हवाई खेलकुद संस्था (ना) ले अब पोखरामा नेपाल नागरिक उड्ययन प्राधिकरणको प्राधिकारिक संस्थाकाको रुपमा कार्य गर्ने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्याराग्लाइडिङलाई व्यवस्थित बनाउने प्रयास स्वरुप प्राधिकारिक संस्था गठन गरि अधिकार प्रत्यायोजन गर्न लागिएको हो ।

यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले आवश्यक कार्यहरु अगाडी बढाई सकेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगश भट्टराइले पोखरा स्र्पोट्सलाई बताएका छन । अब प्रधिकरणले सूचना प्रकाशित गरेपछि सबै काम अगाडी बढने उनले बताए ।

२०५९ सालमा गठन भई पोखराका करिब ६५ व्यवसायिक प्याराग्लाइडिङ कम्पनी तथा ३५० भन्दा बढी पाइलटहरुको नेतृत्व गर्दै आएको नाले प्राधिकारीक संस्थाको रुपमा काम गर्ने भए पछि यस क्षेत्रको प्याराग्लाइडिङका लागि सुधारका कार्यहरु अपेक्षाकृत रुपमा अगाडी बढ्ने अध्यक्ष भट्टराइको विश्वाश छ । यस अघि सम्पूर्ण काम पोखराको हवाई खेलकुद प्याराग्लाइडिङ लगाएत अन्य कुराहरु नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्र्तगतको नागरिक उड्ययन प्राधिकरणले गर्दै आइरहेको थियो ।

ना ले प्रधिकारिक संस्थाका रुपमा काम गर्ने भएपछि प्याराग्लाइडिङ कम्पनी र स्कुलहरुको व्यवसायिक अनुमती तथा लाइसेन्स नविकरण र सिफारिस, उड्ने स्थानको अनुगमन शुरक्षा र निर्कौयोल, पाइलटहरुको अनुगमन र लाइसेन्स वितरण तथा नविकरण जस्ता सम्पूर्ण कामहरु बिना झण्झट ना ले नै गर्नेछ । “यहि कामका लागि हजारौं खर्च गरेर प्याराग्लाइडिङ कम्पनीका संचालक र पाइलटहरु कामनै छोडेर राजधानी धाउनु पर्ने अवस्थाको समेत अब अन्त्य समेत हुने” अध्यक्ष भट्टराइले बताए ।

प्राधिकरणले प्राधिकारिक संस्थाको रुपमा काम गर्ने भएपछि प्राधिकरणले केही रकम ना लाई उपलब्ध गराउने भएको तर यस बारे सबै तय नभइसकेको अध्यक्ष भट्टराइले जानकारी दिए । प्राधिकरणले कम्पनी, पाइलटहरुको लाइसेन्स नविकरण र विदेशी प्याराग्लाइड्रसले तिर्ने रकम वापतको केही प्रतिशत रकम प्राधिकारिक संस्थालाई दिने भएको हो । “हामीले प्राधिकरणले दिने रकमका लागि ८० प्रतिशत माग गरेका छौ तर निर्णय भएको छैन” उनले भने–“हेरौं जे हुन्छ राम्रोनै हुन्छ, राम्रैका लागि हुँदैछ ।”

नेपाल नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाइडिङ कम्पनी नविकरण वापत वार्षिक करिब १ लाख लिदैं आाएको छ भने विदेशी पाइलटहरुका लागि १५ दिनको ४५ डलर लिन्छ भने पाइलटहरुको नविकरणको वार्षिक ३ हजार लिने गरेको छ । अहिले पोखरामा ६५ कम्पनीहरु छन भने करिब ३ सय ५० पाइलट कार्यरत छन । यसमा करिब २ हजारले प्रत्यक्ष रोजगारी समेत पाएका छन । ना ले प्राधिकारिक संस्थाको रुपमा काम गर्ने भए पछि कार्यकारी अधिकृत (सिइओ)को नेतृत्वमा कर्मचारी खटिने छन । ना ले बोर्डको रुपमा काम गर्ने र सबैलाई परिचालित र अनुगमन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close