कर बिबादका कारण प्याराग्लाइडिङका ठूला प्रतियोगिताहरु पोखरा बाट विस्थापित हुँदै, पूर्वाधार बन्न सकेन

केशव पाठक,
पोखरा, १५ असोज ।
प्याराग्लाीडङ ब्यबसायी र पोखरा महानगरको बिच ब्यबसायिक कर बिबादका कारण प्याराग्लाइडिङका ठूला र विशेष भनिएका प्रतियोगिताहरु पोखरा बाट विस्थापित हुने भएका छन । अब पोखरेलीहरु प्याराग्लइडिङ यस्ता वृहत ठूला भनिएका प्रतियोगिता हेर्न पोखरा बाट करिब ८० किलोमिटर टाढा स्याङजाको भिरकोट वा पूर्वको धरान पुग्नुपर्ने भएको छ ।

महानगरले एक जना व्यवसायीक कम्पनी बाट वार्षिक १ लाख कर माग गरे पछि प्याराग्लाीडङ खेलका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरका मापदण्डको टेक अफ र ल्याण्डिङ नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै प्रतियोगिताहरु पोखरा बाट विस्थापित हुने भएका हुन । संसारका प्याराग्लाइडिङ खेलका खेलाडी पनि अब विश्वको दशौं उत्कृष्ट प्याराग्लाइडिङ खेल स्थानमा उडेर यसको मज्जा लिन नपाउने भएका हुन ।

राष्ट्रिय खेलकुद परिषदले १३ औं दक्षिण एशियाली खेलकुद (साग) र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सराङकोटमा आवश्यक पूर्वाधार बनाउन ३० लाख छुट्टाएको भए पनि महानगरले ब्यबसायी संगको करको कुरा नमिलेको भन्दै पूर्वाधारका लागि आवश्यक जग्गा समेत उपलव्ध नगराएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए । प्याराग्लाइडिङका लागि खेलको मापदण्ड अनुसार ४०x४० को टेक अफ र १००x१०० को ल्याण्डिड ठाँउ आवश्यक पर्छ ।

“पोखरा महानगरले प्याराग्लाइडिङलाई केबल ब्यबसायिक हिसाबले मात्र हे¥यो, खेलको आँखा बाट बुझ्ने कोही भएन त्यसकारण काम गर्न निकै अप्ठ्यारो समेत भयो पूर्वाधार बन्न ढिलाइ भएकोछ आएको रकम समेत फ्रिज हुने डर छ” महासचिब राउतले भने–“त्यही भएर २०७५ कात्र्तिक १५ देखि २५ आयोजना हुने विश्व कप प्याराग्लाइडिङ, फागुनमा हुने ८ औं राष्ट्रिय खेलकुदमा हुने प्याराग्लाडिङ र १३ औं सागको प्याराग्लाडिङ खेल अब स्याङग्जाको भिरकोट र धरानमा हुने भयो ।”

महानगरले एउटा व्यबसायिक प्याराग्लाइडिङ कम्पनी संग वार्षिक १ लाख कर माग गरेकोमा यो कर सुहाँउदो नरहेको ब्यवसायीले भन्दै आएका छन । करौडौ लगानी गर्ने पाँच तारे होटलको वार्षिक २७ हजार कर अनि प्याराग्लाइडिङको सानो लगानीलाई पनि वार्षिक १ लाख ? उनीहरुले महानगर संग यही प्रश्न र्तेस्याएका छन । महानगरले यस बारे स्पष्ट बोल्न समेत सकेको छैन न त करमा कुनै शंसोधन नै गरेको छ । दुवैको अर्कमण्यताका कारण प्याराग्लाइडिङको विश्वकप, राष्ट्रि खेलकुद अनि साग खेल पोखरेलीहरुले हात धुनु पर्ने भएको छ ।

कस्तो तयारी हुँदैछ स्याङग्जाको भिरकोटमा
यता २०७५ कात्र्तिक १५ देखि २५ आयोजना हुने विश्व कप प्याराग्लाइडिङ खेल स्याङग्जाको भिरकोटमा हुने भएपछि स्याङजालीहरु जुरुक्कै उठेर सहयोग गरिरहेकाछन । पोखरा बाट करिब ७७ किमी टाढा भिरकोट विश्वकपको तयारीमा जुटेको भिरकोट नगरपालिका मेयर छाँयाराम खनालले बताए । उनले यहाँ आउने खेलाडीलाई होम स्टेमा राख्ने काम देखि सबै प्रवन्धहरु मिलाउन कम्मर कसेर लागेको बताए । उनले भने–“ठ्याक्कै पोखरा जस्तो सुबिधा त दिन सक्दैनौ होला तर प्रयास गर्दैछौं ।”

नेपालका लागि १८ औ एशियाली खेलमा पदक जितेर देशको इज्जत धान्ने प्याराग्लाइडिङ खेलको विश्वकप स्याङग्जामा हुनुले पनि राज्य संग गाँसिएको प्रतिष्ठाको विषय भएको बताउँदै मेयर खनालले भने– “हामी यूद्धस्तरमा काम गरिरहेका छौ र यसको तयारीमा जुटेका छौ ।” त्यती मात्र होइन स्याङजामा आयोजना हुने विश्वकपका लागि त्यहाँका सम्पूर्ण स्थानिय निकायहरु जिल्ला समन्वय समिती मार्फत ३ देखि ५ लाख सम्म लगानी गरेर जुटेका छन ।

तर ठिक त्यसको उल्टो जहाँ यो खेलले प्रतिष्ठा कमायो त्यही जिल्ला कास्कीमा भने कुनै पनि स्थानिय निकायलाई यस बारे खासै चासो समेत छैन ।

स्याङग्जाको भिरकोटमा आयोजना हुने विश्वकप प्याराग्लाइडिङ खेलका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलोम्पिक कमिटी, स्याङग्जा जिल्ला समन्वय समिती, स्याङजाका ११ वटा स्थानिय निकायहरु सहयोगीका रुपमा रहेका छन भने आयोजकका रुपमा नेफा र स्थनिय आयोजकका रुपमा नेपाल हवाई खेलकुद संस्था (ना) र बाबु एडभेन्चर क्लब स्याङजा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close