अलिमिया स्मृति सेभेन ए साइड कप पोखरामा सुरु

पोखरा १४ असोज ।
लोककवि अलि मियाँको सम्झनामा माछापोखरी खेलमैदानमा आज देखि दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार चार खेल सम्पन्न भएका छन । उदघाटन खेलमा आयोजक अलिमिया वाङ्ममय प्रतिष्ठानले धम्पुस एफसिलाइ ३-० गोल अन्तरले पाखा लगाएको छ । आयोजकको जितमा नसिब मियाले २ गोल गरेका थिए भने उजिम गुरुङ्गले एक गोल गरेका थिए ।

दोश्रो खेलमा मगरथोक एफसिले बास्कोट एफसिलाइ २-१ गोलले हरायो मगरथोकको जितमा जनक गुरुङ्ग र अनिल विकले एक एक गोल गरेका थिए भने बास्कोटको लागि दिनेश गौतमले सन्तवना गोल गरेका थिए ।

त्यस्तै तेस्रो खेलमा युवाटोल सुधार समितीले मिलन टोललाइ २-० गोलले हरायो सुधार समितिको लागि सुदिप गुरुङ्ग र रोशन नेपालिले समान एक एक गोल गरेका थिए । त्यस्तै अन्तिम खेलमा कालिका एफसीले एलजी एसोसिएसन एकेडेमिलाइ २-१ गोलले पाखा लगायो कालिकाको लागि दिपक मगर र विशाल मगरले गोल गरेका थिए भने एलजीको लागि प्रविन गुरुङ्गले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगिताको बिजेताले एक लाख २५ हजार रुपैयाँ र उपबिजेताले ७० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले जनही दुई हजार पाँच सय रुपैयाँको साथमा शिल्ड प्रदान गरिने छ भने उत्कृष्ट प्रशिक्षक र अनुसाशीत तिमलाइ शिल्ड र प्रमाणपत्र र क्वाटरफाइनल खेल देखि म्यान अफदी म्याचलाइ शिल्ड प्रदान गरिने छ ।
प्रतियोगिता असोज २० गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close