आठौं राष्ट्रिय खेलकुदमा खेलाडी कोटा निर्धारण

काठमाडौं, १४ असोज ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा जिल्लाबाट प्रदेश स्तरीय छनोटमा सहभागी हुने खेलाडी कोटाको निर्धारण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं आठौं राष्ट्रिय खेलकुद– २०७५ कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले खेलाडी कोटा निर्धारण गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले क्षेत्रीय छनोट मार्फत खेल्ने खेलहरुको पनि यकिन गर्ने निर्णय गरेको कार्यकारी समितिका सचिव इन्द्र कार्कीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close