
पोखरा, १४ असोज ।
सारिरिक सुगठनको बिकासमा पोखरामा लामो समय देखि काम गरिरहेको बुल्समेन क्लब पोखराले आफ्ना खेलाडी कमल भण्डारीलाई विदाई गरेको छ ।
यहि अक्टोबर ५ देखि ७ तारिख सम्म भारतको पुनेमा ईन्डियन बोडी बिल्ड्रस् महासंघको आयोजना हुने ५२ औं एशियन बोडी बिल्डिङ तथा फिजिक शारिरिक सुगठन प्रतियोगितामा कमल सहभागी हुँदैछन ।
कमललाई आइतबार बुल्समेन क्लब पोखराका अध्यक्ष नुना गुरुङ लगाएत क्लबका पदाधिकारीले जितको शुभकामना दिंदै विदाई गरेका थिए ।
यस अघि गत बर्ष ५१ औं एशियन बोडी बिल्डिङ तथा फिजिक शारिरिक सुगठन प्रतियोगितामा नेपालका तर्फ बाट सहभागी हुँदै उनी तेश्रो भएका थिए ।