
पोखरा १४ असोज ।
पोखराको बाटुलेचौरमा भएको चौथो वडास्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी भेट्रास तर्फ मिन गुरुङर कृष्ण श्रेष्ठ तथा नन भेन्ट्रास तर्फ आशिष श्रेष्ठ र श्याम खवासले जितेका छन् ।
क्लव पोखरा एकेडेमीको आयोजनामा चारदिन देखि जारी खेलको आज भएको अन्तिम प्रतिस्पर्धामा भेन्ट्रासका मिन र कुष्ण श्रेष्ठको जोडीले पुष्पराज तिमिल्सिना र विजय शाहीको जोडीलाई २१—१५, २१–१६ को सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । त्यस्तै नन भन्ट्रास तर्फ आशिष र श्याम खवासको जोडीले इशान खड्का र सुर्य गुरुङको जोडीलाई २१– १९ र २१–१८को सेटमा पराजित गरेको हो ।
सुरथेश्वर शिवालय व्याडमिन्टन कोर्टमा भएको खेलमा भेन्ट्रासतर्फ शेरबहाुर क्षेत्री र दुर्गालाल श्रेष्ठ, निरबहादुर थापा र यज्ञबहादुर थापाको जोडी तृतीय भएके छ । त्यस्तै नन भेन्ट्रासमा कृष्ण बस्नेत र निरबहादुर थापा, राजन जि.सी र छविलाल शर्माको जोडी तृतीय भएको कार्यक्रम संयोजक मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।
विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले नगद, शिल्ड र मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोलदै सांसद अधिकारीले मानसिक तथा शारिरीक तन्दुरुस्तीका लागि खेल आवश्यक रहेको बताउनुभयो । समापन कार्यक्रम जन्मभूमी एजुकेशन फाउण्डेशनका कार्यवाहक अध्यक्ष उदयबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।