नेपाली खेलाडी प्रिन्स दुवई सिरिज व्याडमिन्टनको फाइनलमा

काठमाडौं, १३ असोज ।
नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् ।

दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन एक्लै दुवई पुगेका प्रिन्सलाई दुवईंमा प्रशिक्षकको रुपमा उनका मामा कमलेश निरौलाले गरिरहेका छन् । प्रिन्सले फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । क्रिस्टियनले भारतका युनिथ कृष्णलाई २१–१९ र २१–१७ ले पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरेका हुन् ।

सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close