परेवा उडनमा सुवासलाई उपाधी

पोखरा, १३ असोज ।
उन्नाइसौं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घण्टा ४४ मिनेट उडेको थियो ।

नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घण्टा ५३ मिनेटमा राजकुमार बासु श्रेष्ठ तथा २१ घण्टा १० मिनेटमा गोरखशमशेर राणाको परेवा क्रमशः दोश्रो र तेश्रो भए । राणा गत दुई संस्करणका विजेता हुन् ।

शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । इरिजिन सिजख्वाको परेवा उत्कृष्ट परेवा घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पा¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २७ प्रतिस्पर्धीका परेवा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close