४३ औं चेस ओलम्पियाड नेपालद्वारा ताइपेई पराजित

पोखरा, १३ असोज ।
४३ औं चेस ओलम्पियाड अन्तर्गत नेपालको पुरुष टोलीले पाँचौं चरणको खेलमा चाइनेज ताइपेईलाई ३.५–०.५ हराएको छ । जितसँगै नेपाली पुरुष टोलीले ६ अंक बनाएको छ ।

आगामी खेल जित्दै गएमा नेपालले आफ्नो समूहमा पदक जित्ने सम्भावना पनि बढाएको छ । पाँचौं चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले ताइपेईका अदेलाद बाइलाई हराए । रुपेश जैसवालले अस्टिन बी आनचानलाई र रिजेन्द्र राजभण्डारीले यान येह लिउलाई पराजित गरे । विवेक थिङले रेमण्ड सोङसँग बराबरी खेलेका थिए । छैटौं चरणमा पुरुष टोलीले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी महिलातर्फ पाँचौं चरणको खेलमा नेपाली टोलीले लेसोतोलाई २–२ को बराबरीमा रोकेको छ । नेपालकी मोनालिसा खम्बुले लोसोतोकी नालईम्याकपर्सन र सुजना लोहनीले फेरा मालिल्लोलाई हराए । सिन्दीरा जोशी नागाटेने लाइकेटसेङसँग र खुश्बु थापा मोबोलोको लेबोइलासँग पराजित भए । नेपाली महिला टोलीले तीन अंक बनाएको छ । छैटौं चरणको खेलमा महिला टोलीले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ ।
विदुरलाई आईए ग्रेडिङ
नेपालका अन्तर्राष्ट्रि«य आर्विटर विदुर प्रसाद गौतम विश्व बुद्धिचाल महासंघ (फिडे) बाट सी लेभल अन्तर्राष्ट्रि«य आर्विटरमा बढुवा भएका छन् । यसअघि डी लेभलमा रहेका विदुरलाई फिडेले कार्यसम्पादन, मुल्याङ्कन र अनुभवका आधारमा सी लेभलमा बढुवा गरेको हो । यसअघि सन २००९ मा नेपालको पहिलो फिडे आर्विटर बनेका उनी सन् २०११ मा अन्तर्राष्ट्रि«य आर्विटर बनेका थिए । सी लेभलको आर्विटर बनेपछि विदुरले ठूला स्तरको अन्तर्राष्ट्रि«य खेल खेलाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close