
पोखरा, १३ असोज ।
साफ यू–१५ (१५ वर्ष मुनी) च्याम्पियनशिप १०१८ का लागि कास्की बाट ५ जना खेलाडीको नाम केन्द्रमा पठाइएको छ ।
कास्की जिल्ला फु्टबल संघ (एन्फा) कास्की)ले ति ५ जनाको नाम पठाएको हो । साफ यू–१५ च्याम्पियनशिप १०१८ मा सहभागिता जनाउन केन्द्रिय एन्फाले यति बेला ४५ जिल्ला बाट खेलाडीको नाम पठाउन जिल्लाहरुलाई परिपत्र गरेको छ ।
कास्कीमा छनौटमा परेकाहरुमा निश्चल जिशी, अभिषेक राना मगर, सन्देश देवकोटा, युकेश गुरुङ र क्षितिज कार्की रहेको कास्की एन्फाका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र) ले बताए ।
साफ यू–१५ च्याम्पियनशिप १०१८ काठमाडौमा यहि कात्र्तिक ८ गते देखि सञ्चालन हुँदैछ ।