
अर्जुन गिरी
भुटान, १३ असोज ।
भुटानमा भइरहेको साफ १८ वर्ष मुनि (यू–१८) महिला च्याम्पियनसिपमा नेपालले पाकिस्तान माथी गोल वर्षाएको छ । पहिलो दिन शुक्रबार नेपालीले पाकिस्तानलाई १२–० को फराकिलो गोल अन्तरले हराएको हो ।
नेपालको जितमा रेखा पौडेलले डबल ह्याट्रिक गरिन । उनले पाकिस्तान माथी ७ गोल ठोकिन । त्यसैगरी मन्जलीकुमारी योञ्जन, रश्मिकुमारी घिसिङ्ग, सरु लिम्बु, एलिशा जिम्बा र मनिषा राउत १–१ गोल गर्दै नेपाललाई जिताए ।
खेल सम्पन्न भएपछि प्रतिक्रिया दिदै नेपालका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले पाकिस्तानले राम्रो नखेलको बताए । ‘उताको टिम हामीले सोच भन्दा कम्जोर भएको हुनाले धेरै गोल भयो,’ उनले भने, ‘हाम्रो खेलाडीहरुले राम्रो खेले, खसी लागेको छ ।’
आफ्नो विपक्ष टिम जस्तो आउछ, त्यो अनुसारको खेल आफ्नो टिमले प्रस्तुत गर्ने उनले बताए । ‘विपक्ष टिम कहिले कमजोर छ भनेर सोच्नु हुदैन्,’ उनले भने, ‘मैदानमा उत्रिएपछि राम्रो खेल्नु पर्छ । विपक्षलाई कमजोर सोच्नु हुदैन तर डराउनु पनि हुदैन् । अर्को खेल बंगालादेशसँग पनि हामीले जित्ने विश्वास छ ।