
पोखरा, १२ असोज ।
मध्यपश्चिममा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पहिलो चरणको जिल्ला छनौटका लागि कास्की जिल्ला स्तरिय बक्सिङ छनौट प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
पोखरा रंगशालामा भएको छनौट प्रतियोगिताको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
सम्पन्न प्रतियोगितामा ९१ केजी तौल समुहमा सञ्जिब श्रेष्ठले जितेका छन । उनलाई शुसन पुनले वाक ओभर दिंदा उनी सोझै छनौटमा परेका थिए । यसै गरि ९१ प्लसमा हेभीवेटमा कुशल रानामगरले दर्शन रानामगरलाई पराजित गरे ।
प्रतियोगितामा रेक शुब्बा गुरुङले ६९ केजी तोल तर्फ छनौट भएका छन । उनले बिशाल गुरुङलाई पराजित गरेका थिए । यसै गरि ४९ केजीमा बिशाल गौतम, ५२ केजीमा कृष्ण जङ नेपाली, ५६ केजीमा जिनेश गुरुङ, ६० केजी तर्फ दिनेश बानिया जिजयी भएका छन ।
बिजेताहरुले ८ औ राष्ट्रिय प्रतियोगिताका लागि अब प्रदेश स्तरिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नु पर्नेछ ।