
पोखरा, १२ असोज ।
शितल ज्योती यूबा क्लब माटोपानी पोखरा १२ द्वारा आयोजित स्व किरण खड्का मेमोरियलि सेभेन ए साइडको उपाधी तारा एफसी नयाँबजारले उचालेको छ । उपाधी संगै तारा एफसीले नगद १ लाख ५० हजार पाएको छ । उपाधी विजेता ताराले नगद संगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल प्रतियोगितामा ताराले माछापुच्छ«े (एम –१२) लाई टाइ ब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधी उचालेको हो । निर्धारित समयमा गोल नभएपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । पराजित एम–१२ ले ८० हजार संगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा एम–१२ का मनिष क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै माउन्टेन बाइक प्राप्त गरे । यसै गरि तारा एफसीका गोविन थापा वेष्ट मिड फिल्डर, एम–१२ का सञ्जय जलारी वेष्ट डिफेन्डर, एम–१२ कै सुनिल घोताने वेष्ट स्ट्राइकर, ताराका अनिष शाही वेष्ट गोलकिपर घोषित हुदैं नगद ५–५ हजार र ट्रफी प्राप्त गरे । यसै गरि प्रतियोगितामा एलजी एशोसियसन अनुशासित टिम र ताराका उज्ववल थापा वेष्ट कोचको उपाधीले सम्मानित हुँदै प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, क्लबका अध्यक्ष सन्तोष गुरुङ, सल्लाहकार गज बहादुर गुरुङ लागएतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ, क्लबका पूर्व अध्यक्ष मन बहादुर गुरुङ, क्लबवका सल्लाहकार गज बहादुर गुरुङ, पूर्व खेलाडी दिपेन्द्र कार्की लागएतलाई उनीहरुले आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सो अबसरमा एन्फा कास्की र स्याङजा एन्फ महिला खेलाडीका विच मैत्रीपूर्ण खेल समेत आयोजना गरियो । उक्त खेल बराबरीमा सकिएको थियो ।
“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गते सुरु भएको प्रतियोगितामा प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको क्लबका सचिब पूर्ण गुरुङले बताएका छन । प्रतियोगितामा सेमिफाईनलमा पराजित टिमलाई समेत जनही १०/१० हजार प्रदान गरिएको थियो ।
पोखराको अमरसिंह माबीको खेल मैदानमा सम्पन्न उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका थिए ।
यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएतले सहयोग गरेका थिए ।
क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा विगत दुई बर्ष देखि प्रतियोगिता सुरु गरिएको हो ।