पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता पुरा

भारत र नेदरल्याण्ड सहितका ८६ खेलाडी पोखरा आउने
पोखरा, १२ असोज ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सर्किट ४ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता शुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ३५,४५ र ५५ वर्ष माथिको सिंगल्स र डबल्सतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार र सेमिफाइनलमा पुग्नेहरुलाई ५/५ हजारसहित ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरि डबल्सतर्फ प्रथम हुनेलाई २० हजार र द्वितीय हुनेलाई १० हजारसहित ट्रफी प्रदान गरिने पनि सो अवसरमा जानकारी दिइयो ।

प्रतियोगिताका सबै इभेण्टमा विजयी बन्ने खेलाडीले आइटिएफबाट ६० अंक, दोश्रो हुनेले ३० अंक तथा सेमिफाइनलिष्टले १०÷१० अंक प्राप्त गर्नेछन् । टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए । प्रतियोगितामा नेपाल, भारत र नेदरल्याण्डका ८६ जना खेलाडीले सहभागिता जनाउने छन् । भारतबाट १५ जना र नेदरल्याण्डबाट १ जनाले सहभागिता जनाउने विष्टले जनाए ।

प्रतियोगितामा ३५ वर्ष माथि नेपालका शिर्ष वरियता प्राप्त खेलाडी कमल भण्डारी, तथा भारतका दिलीप मोहन्ती, भारतका भेङकर कोथियाना, प्रदीपकुमार गुप्ता, नेपालका चर्चित खेलाडीहरु मनोज राणा, पूर्वउपप्रधानमन्त्री तथा खेलाडी कमल थापा लगायतले प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका सचिव नविन चालिसेले पनि प्रतियोगिताका बारेमा प्रकास पारेका थिए ।

सोही समारोहमा भर्खरै सम्पन्न ललितपुर च्याम्पियनसिप टेनिस प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेका पोखरेली खेलाडीद्वय प्रदिप खड्का र नविन मगरलाई सम्मान गरिएको थियो भने कास्की जिल्ला टेनिस अभिभावक संघको तर्फबाट गोपीबहादुर भट्टराईले संघ कास्कीका अध्यक्ष दोर्जे लामालाई फोहोर संकलन गर्ने ४ थान डष्टविन सहयोग प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close