पोखरा प्रिमियर लिगका लागि टिमको स्वामित्व घोषणा

पोखरा, ११ असोज ।
क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा पोखरामा यहि कात्र्तिक ९ देखि २० गते सम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि बिहिबार राजधानीमा टिमको स्वामित्वको घोषणा गरिएको छ ।

नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आयोजक क्विनस इभेन्टले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छ टिमको स्वामित्व संगै एक जना महत्वपूर्ण खेलाडी सदस्य (मार्की प्लेयर)का रुपमा छनौट गरेको हो ।

आयोजकले स्वामित्व ग्रहणगर्नेहरुलाई नेपाली राष्ट्रिय टिमका १० जना खेलाडीको नाम पठाएकोमा उनीहरुले आन्तरिक सहमतीमा ति मार्की प्लेयर आफ्ना टिमका लागि छनौट गरेको आयोजक संस्था क्विन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्वी लामाले पोखरा स्र्पोट्स लाइ बताए ।

छनौट गरिएको मध्ये आयोजक पोखराको टिम पोखरा पल्टन टिमको स्वामित्व व्ययवसायी बिनायक पोखरेल सहितको शयुक्त टिमले पाएको छ । पोखराका लागि महत्वपूर्ण खेलाडीका (मार्की प्लेयर) रुपमा नेपाली राष्ट्रिय टिमका सदस्य शरद भेषवाकर रहेकाछन ।

यसै गरि चितवन राइनोजको टिम स्वामित्व युवा व्यावसायी रेशम महरा (राहुल) र टिमले पाएको छ । यसमा युवा नेपाली व्यासायी सहित एनआरएन नेपालीको लगान रहेको छ । यो टिमको मार्कीप्लेयरका रुपमा नेपाली राष्ट्रि टिमका कप्तान पारस खड्का रहेका छन । विराटनगर टाइटन्स्को टिम स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनिया सहितको टिमले पाएको छ जसको मार्की प्लेयरका रुपमा नेपाली टिमका स्पिनर सन्दीप लामिछाने रहेका छन ।

पोखरामा पिपिएल खेल्न आउने बुटवल ब्लास्टर्सको टिम स्वामित्व रामबहादुर विष्ट सहितको व्यावसायिको युवा टिमले रहेको छ जसको मार्कीप्लेयर नेपाली टिमका बलर सोमपाल कामी रहेका छन भने एक्सपर्ट धनगढी ब्लुजको टिम स्वामित्व संजीवशर्माले लिएका छन । उनी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिस संग सम्वन्धित छन । यो टिमको मार्कीप्लेयर नेपाली टिमका सदस्य दीपेन्द्रसिंह ऐरी छन । यसै गरि हुलास काठमाडौं रोयल्स्को टिम स्वामित्व राज्य लक्ष्मी गोल्छाले लिएका छन जसको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन ।

पिपिएलको आयोजक क्विन्सले आयोजना गरेको कार्यक्रममा मन्त्रि विश्वकर्माले टिमको स्वामित्व ग्रहणगर्नेहरुलाई स्वामित्वको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सो अवसरमा पोखरा क्रिकेट खेदका लागि मुख्य थलो बन्न सक्ने भन्दै पोखराको क्रिकेट पूर्वाधारका लागि काम थालिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close