बक्सिङ्गको प्रशिक्षक तालिम सम्पन्न, ६० जनाको सहभागिता

पोखरा स्पोर्टस । बागमती प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन भएको ५ दिने बक्सिङ्ग प्रशिक्षक तालिम आईतवार सम्पन्न भएको छ ।

फाल्गुन २६ गते देखि शुरु भएको बागमती प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो । बागमती प्रदेशका १३ जिल्लाका प्रशिक्षकले प्रशिक्षण लिएका थिए ।

सहभागिलाई नेपालका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, भारतको पटियालाबाट एनआईएस तालिममा महिलातर्फ उत्कृष्ट नतिजा ल्याउन सफल प्रियंका बर्मा, ओलम्पियन तथा बक्सिङ्ग प्रशिक्षक डम्बर दत्त भट्ट, आईबा २ स्टार कोच लालबहादुर पौडेल, आईबा ३ स्टार कोच दिपक महर्जन, तथा योग प्रशिक्षक तथा मास्टर ईन स्पोर्टस साईन्सका विद्यार्थी पुष्करराज पन्तले उक्त प्रशिक्षण सञ्चालन गरेका थिए ।

समापनका अवसरमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसी, काभे्र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनवीर लामाले राष्ट्रिय प्रशिक्षकको तालिममा उत्रिण हुने ६० जना प्रशिक्षकलाई प्रमाण पत्र वितरण गरेका थिए ।

सो अवसरमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले काभ्रे जिल्लाका लागि बक्सिङ खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

AHA RARA ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close