फुटबल संगै प्रविधीमा रमाएका धनु थकाली, विदेशमा शिप सिकेर नेपाल भित्राए

पोखरा, ११ असोज ।

धनु थकाली (पुरन) उनी हुन सहारा एफसीका सिइओ । विगत दुइ दशक देखि बेलायत बस्दै आएका उनी फुटबल लगाएत अन्य सामाजिक संघ संस्थामा आवद्ध छन । उनले विदेशमा बसेर त्यसै समय खेर फालेनन । अर्का पोखरेली साथी जगन गुरुङ संग मिलेर प्रविधी सिके बेलायतमा पनि यस्कै व्यबसाय गर्छन र अहिले त्यही प्रविधी नेपालमा भित्रयाउन कम्मर कसेर लागेका छन । उनीहरुले आफ्नो दुइ जना सथीको नाम जोडेर डि एण्ड जे बोइलर कम्पनी समेत स्थापना समेत गरेका छन ।

धनु र जगनको प्रयासले बेलायती हरुले लामो समय देखि काठा तताउँदै आएको बातावरण मैत्री प्रविधी अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका हुन ।

सामाजिक कार्य संगै व्यवसायमा दत्तचित्त धनु र जगनले नेपालमा पनि यो ब्यबसाय शुरु गर्ने मनसायका साथ करिब तिन वर्ष अघि देखि यसलाई परिक्षणका रुपमा नेपालमा भित्राएका हुन । “उतैको सामान किनेर राख्दा प्रविधी मंहगो हुन्छ त्यही भएर नेपाली सुहाँउदो र खर्चले पनि धान्न सक्ने हिसाबले यो प्रविधी भित्रयाउन प्रयासरत पनि छौ ” धनु थकालीले भने । उनले चार वटा कोठाका लागि करिब ३ लाख खर्च गर्नु पर्ने बताए ।

खाना पकाउने एलपिजी ग्यासले कोठा तताउने र नुहाउनका लागि तातो पानी संगै आउने हुनाले सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधी शुरुमा राख्दा केही मंहगो देखिने भएपनि प्रयोगका हिसाबले सस्तो हुने थकालीले बताए । बेलायतीहरु बाताबरण मैत्रीका सामाग्री प्रयोगका लागि सचेत भएका कारणले पनि यो प्रविधी बेलायत लगाएत यूरोपेली मुलकमा निकै चर्चित रहेको उनको भनाइ छ । यो खास गरि बिरामी, केटाकेटी र वृद्ध–वृद्धाका लागि निकै उपयोगी हुने थकालीले स्पष्ट पारे ।

धारा बाट आएको चिसो पानीलाई मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिन भित्रको पानी तातो भए पछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमा आफूले चाहेको तापक्रम अनुसार मिलाउन सक्ने गरि सुइचहरु समेत राखिएको छ । वाटर वोइलर हिटर जुन एकदमै शुरक्षित छ यसले ३५ देखि ६० डिग्री सेल्सियस सम्म तापक्रम दिन्छ । यो मेशिनलाई ५ वर्षमा एक पटक मेन्टेनेन्स गर्दा हुने थकालीले बताए । उनका अनुसार दैनिक लगातार चार घन्टा प्रयोग गर्दा एउटा एलपिजी ग्यासले करिब १५ दिन सम्म चार बटा कोठा तताउन र नुहाउन, भाँडा धुन तातो पानी प्रयोग गर्न सकिने बताए ।

अहिले यो प्रविधी पोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज र काठमाडौ केही घर हरुमा शुरु गरिएको थकालीले जानकारी दिए । “हामीले जहाँ जहाँ यो काम गरेका छौ हाम्रा ग्राहक सदस्यहरु निकै खुसी हुनुहुन्छ जसका कारण हामी निकै हौसिएका पनि छौ” थकालीले भने । उनले नेपालका लागि केही दक्ष कामदार संगै यो प्रविधीलाई अझै शुलभ बनाउन प्रयासरत रहेको पनि उनले बताए ।

पोखरा पृथ्वीचोक निवासी धनु थकाली विगत दुइ दशक देखि बेलायतमा बस्दै आएका छन । उनी सहारा यूकेको एफसी सिइओ र बगर भाइ खलकको यूके पोखरा प्रतिनिधी लगाएत अन्य सामाजिक संघ–संस्थामा समेत आवद्ध छन । उनले विगतमा करिब ३ वर्ष भूसंरक्षण जलाधार अन्र्तगत बेगनास र रुपातालका लागि जलाधार संरक्षणका लागि समेत ओभरसियर भएर काम गरिसकेका छन । उनी पोखराको चर्चित स्कूल गण्डकी बोर्डिङ स्कूल (इग्बोसा) का सदस्य समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close