किरण खड्का स्मृती सेभेन ए साइड शुक्रबार फाइनल खेल हुने

पोखरा, ११ असोज ।
शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार सेमीफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने भएका छन । विहिबार सम्पन्न क्वाटरफाइनल खेल बाट एलजी एशोसियसन रेड, माछापुच्छ्रे (एम) १२, तारा एफसी र विष्णुपादुका ‘ए’ सेमीफाइनलमा प्रबेश गरेका छन ।

सम्पन्न खेल बाट एलजीले माछापुच्छ्रे (एम) १२ संग र तारा एफसीले विष्णुपादुका संग भेट पक्का गरेका छन । सेमीफाइनलमा पुग्ने चार बटै टिम सेभेन ए साइड फुटबलका लागि बलिया मनिन्छन ।

सम्पन्न क्वाटर फाइनलमा एलजी एशोसियसन रेडले आर्दश यूबा क्लब भण्डारढिकलाई २–० गोलले पराजित गर्दै एलजीले सेमीफाइनलमा आफ्नो स्थान शुरक्षित गरेको छ । टिमलाई सेमीफाइनलमा पु¥याउन रमेश मगर र सूर्यमान मगरले १–१ गोल गरे ।

यसै गरि दोश्रो खेलमा माछापुच्छ्रे (एम) १२ ले संगम एफसीलाई ३–० गोलले पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको छ । एम १२ का सुनिल घोतानेले २ र अविनाश तामाङले टिमका लागि १ गोल गरे । जारी क्वाटरफाइनलमा तारा एफसीले रञ्जन मेमोरियललाई २–० गोलले पराजित ग¥यो । ताराका लागि सुनिल बिक र बिनोद गुरुङले समान १–१ गोल गरे ।

एक अर्को क्वाटर फाइनलमा विष्णुपादुकाले दोब्रे एफसीलाई ४–० गोलले पराजित गरेको छ । टिमलाई सेमीफाइनलमा पु¥याउन समिर कार्कीले ह्याट्रिक पुरा गरे भने अजय श्रेष्ठले एक गोल गरे ।

प्रतियोगितामा शुक्रबार सेमीफाइनलका खेलहरु हुने अध्यक्ष सन्तोष गुरुङले बताएका छन । “समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन भइरहेको प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।

यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन ।

क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा विगत दुई बर्ष देखि प्रतियोगिता सुरु गरिएको हो । दोश्रो संस्करणमा ४८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close