४३औं चेस ओलम्पियाडमा नेपालको पहिलो जित

काठमाडौं, १० असोज ।
नेपालको पुरुष टोलीले ४३औं चेस ओलम्पियाडमा पहिलो जित निकालेको छ । जर्जियामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको दोस्रो चरणको खेलमा नेपालले नेदरल्यान्ड एन्टीलाईजलाई २.५–१.५ ले हरायो । जितसँगै नेपालले दुई अंक बनाएको छ । नेपाल पहिलो चरणमा क्यानडासँग ३–१ ले पराजित भएको थियो ।

नेपालका सिएम रिजेन्द्रराज भण्डारीले दोस्रो चरणमा सिएम जिमी लेजाक र विवेक थिङले आर क्यापेलालाई हराए । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बेगलेमन भानसँग बराबरी खेले भने हिमाल लामा बिम ब्लिजास्टासँग पराजित भए । पुरुष टोलीले तेस्रो चरणमा सिंगापुरसँग खेल्नेछ ।

यसैगरी महिलातर्फ नेपाल दोस्रो चरणमा कोस्टारिकासँग ४–० ले पराजित भएको छ । नेपाल च्याम्पियन मोनालिसा खम्बु शुसिला गुरुङ, सिन्दीरा जोशी र सुजना लोहनी चारैजना हार खेप्न बाध्य भए । शुन्य अंकमा सिमित नेपाली महिला टोलीले पहिलो चरणमा लात्भीयासँग ४–० कै हार खेपेको थियो । तेस्रो चरणमा नेपाली महिला टोलीले गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

असोज १९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालबाट १० खेलाडीले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close