पोखरामा खेल पर्यटन मार्फत विदेशी मुद्रा भित्र्याउँछौंः मन्त्री पुन

पोखरा १० असोज ।
पोखराको बाटुलेचौरमा चौथों वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

क्लव पोखरा एकेडेमीको आयोजनामा बुधबार बाट शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको क्षेत्रमा विकास गरी गण्डकी प्रदेशमा खेल पर्यटन मार्फत विदेशी मुद्रा भित्रयाइने बताइन ।

“खेल क्षेत्रको विकास गरी, विदेशीलाई समेत आर्कषित गरिने छ, मन्त्री पुनले भनिन “गण्डकी प्रदेशमा खेल एकेडेमीका लागि सम्भावित अध्ययन सकिएको पनि सकिएकोले हामी खेलकूद बिकासमा धेरै अगाडी बढेका छौं ।”

प्रतियोगिताको मन्त्री पुनले जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष निर ब. थापालाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन । कार्यक्रममा जन्मभूमी एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष पदम कार्की, पोखरा एकेडेमीका प्रिन्सीपल महेन्द्र गुरुङ, हिमालय क्लवका अध्यक्ष मोहन थापा, लगायतले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताएका  थिए ।

असोज १४ गतेसम्म संचालन हुने प्रतियोगितामा भेन्ट्रास तर्फ १० र नन भेन्ट्रास तर्फ १२ टोलीले सहभागीता जनाएको कार्यक्रम संयोजक मीनबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताको बुधबार उद्घाटन भएपनि विहीबारदेखि सुरथेश्वर शिवालय व्याडमिन्टन कोर्टमा खेल शुरु हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close