तिन दिने राष्ट्रिय स्तरिय बास्केटबल रेफ्री कोर्स पोखरामा सम्पन्न

पोखरा, १० असौज ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा तिन दिने राष्ट्रिय स्तरिय रेफ्री क्लिनिक तथा रिफ्रेशर कोर्स पोखरामा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले कुनै पनि खेलको मेरुदण्ड भनेको नै अनुशासन भएको बताए । नेपालमा बास्केटबल खेल यूबा जमातमा लोकप्रिय रहेको र सानो ठाउँमा पनि खेल्न सकिने भएकोले उत्पादित रेफ्रिहरुले आफूले सिकेका बास्केटबल खेलका नियम खेलाडीहरुलाई बाँडन आग्रह गरे ।

नेपालका हरेक विद्यालय र कलेजमा बास्केटबल कोर्टहरु निर्माण भएकाले यसको लोकप्रियता संगै विद्यालय स्तर बाट नयाँ खेलाडी उत्पादनका लागि पनि रेफ्रिहरुले पनि भूमिका खेल्न सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बास्केटबल संघका जुम गुरुङ, प्रशिक्षार्थी विष्णु गुरुङ, संघका सदस्य शिव पुन लगाएतले बोलेका थिए ।

प्रशिक्षणमा कास्की, स्याङजा र म्याग्दीका गरि ४० जना सहभागी रहेका थिए जसमा १० जना महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई रेफ्रि क्लिनिक तथा रिफ्रेशर कोर्स प्रदान गरि राष्ट्रियस्तरको बास्केटबल रेफ्री बनाइने लक्ष्य समेत थियो  ।

कार्यक्रममा सहभागी प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल बास्केटबल संघका केन्द्रिय सदस्य एवम फिबा रेफ्री राजकुमार मर्हजनले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close