ओलिम्पियाडमा रिजेन्द्रले क्यानडाका जिएमलाई हराए

काठमाडौं, ९ असोज ।
जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन् ।

सोमबार रातीदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पूरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो । नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका जिएम इरिक हसनसँग, विवेक लामा जिएम जिएम राजभान प्रेतुसँग र रुपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भए । दोस्रो चरणमा नेपाली पूरुष टोलीले नेदरल्यान्ड एन्टीलाईजसँग खेल्नेछ ।

यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भीयासँग ४–० ले पराजित भएको छ । नेपालकी शुसिला गुरुङ लात्भीयाकी डब्लुजीएम लौरा रोमुलसँग, सिन्दीरा जोशी डब्लुजीएम लाजे बोरजीनासँग, सुजना लोहनी डब्लुएफएम ईलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लुएफएम लिन्दा कुरमिनासँग पराजित भए ।

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म चल्ने चेस ओलम्पियाडमा एकसय ८५ देशका १६ सय ६८ खेलाडीले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close